काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विशिष्ट (भीआइपी) कक्ष बन्द गरिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सुरक्षा तथा प्राविधिक पक्षलाई ध्यानमा राख्दै भदौ २८ देखि भीआइपी कक्ष बन्द गरिएको जानकारी गराएको हो ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयको निर्देशन तथा मिति २०८२/०५।२७ मा बसेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठकको निर्णयानुसार विद्यमान सुरक्षा तथा प्राविधिक संवेदशीलतालाई मध्यनजर गर्दै हाललाई आन्तरिक विशिष्ट कक्ष बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना जारी गरिएको छ,’ कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले जारी गरेको सूचनामा भनिएको छ ।
यससँगै अब भीआइपी यात्रुले पनि सामान्य यात्रुलाई उपलब्ध गराइने विमानस्थल परिसरभित्रकै सुविधा प्रयोग गर्नुपर्ने भएको छ ।

