त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआइपी कक्ष प्रयोगमा कडाइ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट (भीआइपी) कक्ष प्रयोगमा कडाइ गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको आन्तरिकअन्तर्राष्ट्रिय भीआइपी कक्ष राजपत्रमा तोकिएका अति विशिष्ट र विशिष्ट व्यक्ति तथा पदाधिकारी बाहेकलाई अन्यलाई प्रयोग गर्न नदिने जानकारी गराएको हो ।

कार्यालयका अनुसार विभिन्न व्यक्तिबाट भीआइपी कक्ष प्रयोगका लागि मौखिक तथा लिखित अनुरोध आउने गरेको छ । तर, अबदेखि राजपत्रमा उल्लेख गरिएका अति विशिष्ट र विशिष्ट व्यक्ति तथा पदाधिकारी बाहेकलाई अन्य निकायको पत्रचार अनुरोधका आधारमा भीआइपी कक्ष प्रयो गर्न दिन नसकिने व्यहोरा कार्यालयले गराएको छ ।

भीआइपी कक्ष प्रयोगका लागि सम्बन्धित निकायले कम्तीमा २ घण्टा अगावै आधिकारिक पत्र पठाएर जानकारी गराउनु पर्नेछ ।

विमानस्थल कार्यालयले यस अघि भिजिटर पास वितरण पनि बन्द गरेको थियो ।


Back_to_top