‘भ्वाइस अफ नेपाल’सँग जोडियो बजाज पल्सर

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन-४ को शिर्ष प्रायोजक ‘बजाज पल्सर’ भएको छ । आज विशिबार काठमाडौंमा एक कार्यक्रम गरी बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसालले सम्झौँता पत्रमा हस्ताक्षर गरेका हुन् ।

टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसँगै द भ्वाइस अफ नेपालको यो श्रृङ्खलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिने छ ।

युवापुस्तामा लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अर्को युवापुस्ताले मनपराएको ब्राण्ड पल्सर जोडिन पाउनु सुखद कुरा भएको निर्दैशक गोल्छाले बताए ।

कार्यक्रम आगामी साउन महिनादेखि हरेक शुक्रबार र शनिवार राती ८ बजे प्रसारण हुने छ ।


Back_to_top