काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रेमा आक्रमक बजार विस्तारको रणनीति बनाएको जम्वो मोटर्सले २ घन्टामा फुलचार्ज हुने स्कुटर नेपाल ल्याएको छ । कम्पनीले रेट्रो डिजाइनमा बनेको इलेक्ट्रीक स्कुटर नेपाल ल्याएको हो ।
जम्वो मोटर्स प्रालिले नेपाली बजारम जम्वो ब्राण्डको ‘ब्राभो इलेक्ट्रीक स्कुटर’ विक्री सुरु गर्न लागेको हो । कम्पनीले हाल यो स्कुटरको टेष्ट ड्राइभ कार्यक्रम संचालन गरिरहेको जनाएको छ ।
जम्वो मोटर्स हेटौडाका ब्यवसायीक ग्रुपले संचालन गरेको कम्पनी हो । जम्वो मोटर्स अन्तर्गत कम्पनीले ओपाइ र लेभ्निङ ब्राण्डका इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ ।
जम्वो ब्राभोमा ३ किलोवाटको मोटर जडान गरिएको छ । यसमा कम्पनीले दुई भेरियन्टको ब्याट्री अप्सन दिएको छ । यसमा २० एम्पीयर ७२ भोल्ट र ४० एम्पीयर ७२ भोल्टको ब्याट्री पाउन सकिन्छ ।
यी दुबै भेरियन्टमा डबल ब्याट्री अप्सन उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा २१ हजार ७०० सेलको एड्भान्स ब्याट्री रहेको छ । यो स्कुटरलाई २ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।
कम्पनीले यसमा फास्ट चार्जर उपलब्ध गराउने जानकारी दिएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा भेरियन्ट अनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।
‘हामीले यसको टेष्ट्र ड्राइभ कार्यक्रम सकिएपछि नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेका छौं । यसको मूल्य अहिले निर्धारण भइसकेको छैन अबको केही दिनमै मूल्य निर्धारण गर्छौ’, जम्वो मोर्टसका निर्देशक बिनोद न्यौपानेले मेरोअटोसँग भने ।
न्यौपानेका अनुसार यो स्कुटर नेपालमा नै दुई घन्टामा फुल चार्ज हुने र २४० किलोमिटरसम्म रेन्ज दिने पहिलो स्कुटर हो ।
स्कुटरमा टीएफटी डिस्प्ले, कि लेस स्टार्ट, बाइडर टायर, टेलीस्कोपिक सस्पेन्सन, एलइडी लाइट्स, डिस्क ब्रेक, बुट स्पेस जस्ता फिचर उपलब्ध रहेका छन् ।

