काठमाडौं । रोयल इनफिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोबाइल्सले आफ्नो नयाँ सर्भिस सेन्टरको सूची सार्वजनिक गरेको छ ।
कम्पनीले बिहीबार आफ्ना १९ वटा सर्भिस सेन्टरको नामवाली सार्वजनिक गरेको हो । कम्पनीले तोकेको स्थानभन्दा बाहिर सर्भिस गराए वारेन्टी कायम नहुने सूचनामा उल्लेख गरेको छ ।
दुगड ग्रुपले विक्री गर्दै आएको रोयल इनफिल्ड ब्राण्ड केही समय अगाडि त्रिवेणी ग्रुप अन्तर्गत अल्फा अटोमोबाइल्स आधिकारिक वितरक बनेको हो ।
कम्पनी स्रोतका अनुसार यसअघि विक्री भएका रोयल इनफिल्डका मोटरसाइकलहरू सभिर्सका लागि समयस्या भएको भन्दै ग्राहकहरू त्रिवेणी ग्रुपमा आएकापछि डिलर नेटवर्क विस्तारभन्दा पहिला सर्भिस नेटकर्व विस्तारमा लागेको हो ।
वैशाख २५ ९मे ८० देखि आधिकारिकता पाएको अल्फा अटोमोबाइल्सले हालसम्म मोटरसाइकलको विक्री सुरू गरेको छैन । कम्पनीले पहिला ग्राहकहरूका लागि सर्भिस नेटवर्क तयार पारेर मात्र विक्री सुरु गर्ने तयारी गरेको जनाएको छ ।
यस्तो छ कम्पनीको जारी गरेको सूचना


