नेपाल आयो ‘विलिङ’ इलेक्ट्रीक

काठमाडौं । चीनमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक कार विलिङ ब्राण्ड नेपाल आएको छ । विलिङका गाडी जगदम्बा मोटर्सले नेपाल ल्याएको हो ।

चीनमा एसएआईसी, लिउझाउ विलिङ र अमेरिकी कम्पनी जनरल मोटर्सको संयुक्त लगानीमा विलिङ ब्राण्डले उत्पादन गरेको विलिङ ब्राण्डकाे इलेक्ट्रीक भ्यान  नेपाल आएको छ ।

विलिङ मिनी इभी आउने

कम्पनीले चाँडै विलिङकाे सर्वाधिक विक्री हुने कार  पनि ल्याउने छ । कम्पनीले सन् २०२१ मा मात्रै चीनमा विलिङ मिनी ४ लाख यूनिट विक्री गरेको थियो । यो एकै वर्षमा सिंगल मोडल सबैभन्दा धेरै विक्री भएको कार हो ।

चीनमा दुई ब्याट्री अप्सनमा उपलब्ध विलिङ मिनीमा ९.३ किलोवाट आवर र १३.९ किलोवाट आवरको व्याट्री दिइएको छ । सानो व्याट्रीले फुल चार्जमा १२० किलोमिटर र ठूलो व्याट्रीले १७० किलोमिटर रेन्ज दिने छ ।

ब्याट्री दुई फरक साइजको भएपनि मोटर भने समान २० किलोवाट क्षमताको छ । १०० किलोमिटर प्रतिघण्टा स्पीडमा दौडन सक्ने यो कारमा चालक सहित ४ जनाले सहज यात्रा गर्न सक्नेछन् ।

विलिङ मिनीको लम्बाई २९१७ एमएम, चौडाई १४९३ एमएम उचाई १६२१ एमएम रहेको छ । यो कारको ह्वीलवेस १९४० एमएमको रहेको छ ।


Back_to_top