रेन्ज र रफ्तारको लागि उत्कृष्ट इलेक्ट्रीक स्कुटर सार्वजनिक

काठमाडौं । कोमाकीले रेन्ज र रफ्तारको लागि उत्कृष्ट इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले ‘डिटी ३०००’ नामबाट भारतमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको डिटी ३००० मा ३ किलोवाट बीएलडीसी मोटर रहेको छ । यसमा ६२ भोल्ट ५२ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ ।

कम्पनीले यो स्कुटर डिटी ३००० लाई हाइ स्पीड सेग्मेन्टमा सार्वजनिक गरेको हो । यो स्कुटर प्रतिघन्टा ८० किलोमिटरको रफ्तारमा कुद्न सक्छ । यो स्कुटरमा रहेको ब्याट्री एक पटक फुल चार्ज गर्दा १८० किलोमिटरदेखि २२० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दावी छ ।

कोमाकी डिटी ३००० लाई कम्पनीले ४ कलर अप्सनमा बजारमा ल्याएको हो । यो स्कुटर मेटल ग्रे, ब्लु, जेट ब्ल्याक, ब्राइट रेड गरि ४ कलरमा ल्याएको छ । यो स्कुटरको मूल्य १ लाख २२ हजार ५०० भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।

यो स्कुटरमा सेल्फ डायग्नोस इन्स्ट्रमेन्ट, डिस्क ब्रेक, यूएसबी पोर्ट, रिभर्स एसिष्ट, रिमोट लक, टेलीस्कोपिक सस्पेन्सन, क्रुजर कन्ट्रोल, ब्लुटूथ स्पीकर जस्ता फिचर उपलब्ध छन् ।

कोमाकी इलेक्ट्रीकका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा समेत विक्री हुँदै आएको छ । कम्पनीले हालै मात्र नेपालमा पहिलो क्रुजर मोटरसाइकल सार्वजनिक गरेको हो । कोमाकी इलेक्ट्रीकका नेपालको लागि आधिकारिक विक्रेता कम्पनी युनिटी ट्रेडिङ कन्सर्नले यो स्कुटर चाँडै नेपाल ल्याउने अनुमान गरिएको छ ।


Back_to_top