इसुजुको पीकअपमा बालेन साहको काठमाडौं परिक्रमा

काठमाडौं । काठमाडौं माहानगरपालीकाको मेयरमा निर्वाचित भएसँगै धन्यवाद र्यालीमा सहभागी भएका बालेन साह इसुजुको पीकअपमा बसेर सहर घुमिरहेका छन् ।

राष्ट्रीय सभागृहमा बैशाख ३१ गतेबाट सुरु भएको मतगणनामा कहिल्यै दोस्रो स्थानमा नपुगेका बालेन साहले मतपरिणाम सार्वजनिक भएसँगै समर्थकको बीचमा रहेर धन्यवाद र्यालीमा सहभागी भएका हुन् ।

उनले इसुजुको पीकअपमा उभिएर मतदातालाई धन्यवाद दिदै भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, बबरमहल, बिजुली बजार, यूएनपार्क, शान्तिनगर, तिनकुने, कोटेश्वर हुँदै जडिबुटी पुगेका हुन् । अहिले पनि चलिरहेको उनको यात्रा सिनामंगल, एयरपोर्ट, तिलगंगा, गौशाला, चाबहिल, महाराजगंज, सामाखुसी, नयाँ बसपार्क पुग्ने छ ।

नयाँ बसपार्कबाट बालाजु, स्वयम्भु, सितापाइल, कलंकी, बल्खु, कालीमाटी, टेकु, त्रिपुरेश्वर हुँदै रत्नपार्कमा आएर सभामा परिणत हुने जनाइएको छ ।


Back_to_top