ठूला एसयूभी: जापानी ब्राण्डलाई अमेरिकी ब्राण्डको चुनौती

काठमाडौं । जापनीज कम्पनी टोयोटाले बनाएको ७ सिट क्षमताको फर्चूनर र अमेरिकन कम्पनी जीपले बनाएको मेरिडियन बीच सिधा प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली बजारमा टोयोटा फर्चूनर विगतदेखि नै सफलता चुमिरहेको एसयूभी हो भने जीपले भर्खरै ल्याएको मेरिडियन नेपाल आउने तैयारीमा रहेको एसयूभी हो । यसअर्थ फर्चूनरलाई जीप मेरिडियनलाई टक्कर दिने खेअिन्छ ।

बजारमा ७ सिट क्षमताको प्रिमियम एसयूभी सेग्मेन्टमा टोयोटा फर्चूनर पहिलो रोजाईमा पर्दै आएको छ । जीप फर्चूनरले आफ्नो फिचर्स, स्पेसिफिकेसन र कम मूल्यको सहयोगमा फर्चूनरलाई राम्रो प्रतिस्पर्धा दिने देखिन्छ ।

साइज

यी दुबै एसयूभीको साइजलाई विश्लेषण गर्ने हो भने मेरिडियनको लम्बाई ४७६९ एमएम, चौडाई १८५९ एमएम तथा उचाई १६९८ एमएम रहेको छ । यसको ह्वीलवेस २७८२ एमएम हो ।

मेरिडियनको ह्वीलवेस फर्चूनरको तुलनामा ३७ एमएम र चौडाई ४ एमएम बडी रहेको छ । तर लम्बाई र उचाई भने फर्चूनरको क्रमशः २६ एमएम र १३७ एमएमले बडी रहेको छ ।

इन्जिन तथा पावर

जीप मेरिडियनमा २.० लिटरको टर्बो डिजेल इन्जिन रहेको छ, जसले १७२ पीएस पावर तथा ३५० एनएम टर्क जेनेरेट गर्छ । यो एसयूभीमा ६ स्पिड म्यानुअल तथा ९ स्पिडको अटोमेटीक गियरबक्स पाउन सकिन्छ ।

टोयोटा फर्चूनरमा भने २.८ लिटर क्षमताको डिजेल इन्जिन रहेको छ, उक्त इन्जिनले अधिकतम २०४ पीएस पावर तथा ४२० एनएम टर्क जेनेरेट गर्छ । टोयोटाले २.७ लिटर क्षमताको पेट्रोल इन्जिनमा पनि फर्चूनरलाई बजारमा विक्री गर्दै आएको छ । उक्त इन्जिनले भने १६६ पीएस पावर र २४५ एनएम टर्क प्रदान गर्छ ।

टोयोटा फर्चूनरमा पनि म्यानुयल र अटोमेटीक दुबै गियरबक्स छनोट गर्न सकिन्छ ।साथै दुबै एसयूभीमा फोर ह्वील ड्राइभको अप्सन रहने छ ।

फिचर

जीप मेरिडियनमा धेरै आधुनिक फिचर छन् । यसमा वायरलेस चार्जर, यूएसबीको ए र सी पोर्ट, प्यानारोमिक सनरुफ, पावर टेलगेट, १८ इन्चको डायमण्ड कट अलोय ह्विल, टेरेन मोड, ८ तरिकाले मिलाउन मिल्ने अगाडिको सिट छन् ।

 

साथै, १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, थर्डरो एसी भेन्ट, डिउलजोन क्लाइमेट कन्टोल, जीप यूकनेक्ट, १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टमका साथै अल्पाइन अडियो सिस्टम पाउन सकिन्छ ।

त्यस्तै, टोयोटा फर्चूनरमा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, रिभर्स पार्किङ क्यामेरा, वायरलेस चार्जर, पावर टेलगेट, जेबीएल साउण्ड सिस्टम, क्वाड एलइडी हेडल्याम्प, सिक्वेसट टर्न इन्डिकेटर जस्ता फिचर पाउन सकिन्छ ।

सेफ्टी फिचर

दुबै एसयूभीमा सुरक्षा फिचरमा धेरै हदसम्म समानता रहेको छ । दुबै अन्तर्राष्ट्रिय ब्राण्डले भारतमा उत्पादन गरेको यी एसयूभीमा ७ वटासम्म एयरव्याग, हिल स्टार्ट असिस्ट, इलेक्ट्रोनीक पार्किङ ब्रेक, टीपीएमएस, ३६० डिग्री क्यामरा, इलेक्ट्रोनीक स्टेबीलीटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top