भल्भोले अपनायो ट्रक लन्चिङमा अनौठो तरिका (भिडियाे सहित)

काठमाडौं । विश्वको नम्बर १ ट्रक कम्पनी भल्भोले आफ्नो चार नयाँ ट्रक लन्चिङमा अनौठो तरिका अपनाएको छ । प्रायःजस्तो ठूला होटल र सेटमा गाडी छोपेर गरिने लञ्चिङ छाडेर कम्पनीले नयाँ तरिका अबलम्बन गरेको हो ।

भल्भोले यो लञ्चिङ तरिकालाई ‘ट्रक टावर’को नाम दिएको थियो । यस लन्चिङमा भल्भोले आफ्ना ४ वटा ट्रकको टावर बनाएको थियो । युरोपीयन कम्पनी भल्भोको एफएच, एफएच–१६, एफएम र एफएमएक्स मोडलको ट्रकहरुलाई एक माथि अर्कोमा चाङ लगाइएको थियो । यो टावर १५ मिटर अग्लो ५८ टन वजन भएको थियो । अझ विशेष कुरा भनेको यो चाङको माथि कम्पनीका प्रेसिडेन्ट रोगन अलम उभिएका थिए । उक्त कार्यक्रममा रोगनले भने यो हाम्रो सबैभन्दा ठूलो लन्चिङ थियो ।

‘यसले हाम्रा ग्राहकहरुमा ठूलो इम्प्याक पूर्याउनेछ । हाम्रा ग्राहकहरुको व्यवसायको क्षमता र आम्दानी अभिवृद्धि गराउनमा ठूलो सहयोग गर्नेछ । म प्रायः माथिनै हुने गरेको छु तर यी ट्रकहरुको माथि रहेर चड्दा अनौठो अनुभव भएको थियो । अझ भनौ मलाई उचाईसँग ठूलो रेस्पेक्ट रहेको छ’, अलमले भने ।

यो ट्रक टावरको माध्यमबाट कम्पनीले आफ्नो नयाँ प्रडक्टको पावर र स्ट्रेन्थको प्रदर्शनी गरेको थियो । कम्पनीको यो कार्यक्रम विश्व मिडियामा निकै चर्चामा रहेको छ ।


Back_to_top