फक्सवागनको नयाँ वर्ष योजना, २ लाख ५० हजारसम्म नगद छुट

काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारीक वितरक पुजा इन्टरनेशनलले नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आफ्ना गाडी किन्ने ग्राहकलाई आकर्षक नगद छुट तथा सुविधाको योजना सार्वजनिक गरेको छ ।

नयाँ वर्षको स्कीम अन्तर्गत अब फक्सवागनको गाडी खरिद गर्न चाहने ग्राहकले २ लाख ५० हजारसम्मको नगद छुट पाउने भएका छन् । नगद छुटको साथै यस योजनामा गाडी खरिद गर्ने ग्राहकहरुले ४ वर्षसम्मको लागि ४७ हजार रुपैयाँको कन्जुमेवल पार्टस्हरु समेत सित्तैमा फेर्न पाउनेछन् ।

यस योजना अन्तर्गत चार वर्षसम्म कुनै दुर्घटना भएर कुनै पार्टस् विग्रिएमा समेत ३० हजारसम्मको सामान सित्तैम फेर्न पाउने सुविधा ग्राहकलाई दिने जनाएको छ ।

यसका साथै आफ्ना सबै गाडीमा १ वर्षको पुरा इन्स्योरेन्स, १ वर्षको सडक दस्तुर पनि कम्पनीले दिने जनाएको छ । यस योजनामा गाडी किन्ने ग्राहकले गाडीमा लाग्ने एशोसरीज समेत सित्तैमा पाउनेछन् । कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा सजिलो फाइनान्सिङको समेत योजना अघि सारेको छ ।

पुजा इन्टरनेशनलले नेपाली बजारमा फक्वागनको पोलो ह्याचव्याक, भेन्टो सेडान तथा अलस्पेस एसयूभी विक्री गर्दै आएको छ ।


Back_to_top