फक्सवागेनको नयाँ वर्ष स्कीम सार्वजनिक

काठमाडौं । नेपालका लागि फक्सवागेनको आधिकारीक वितरक पूजा इन्टरनेशनलले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्ष अफर’ सार्वजनिक गरेको छ ।

‘हाइ अन प्रपर्मेन्स, इजी अन पकेट’ नाम दिएको यो नयाँ वर्ष स्कीम अन्तर्गत ग्राहकहरूले फक्सवागेनको टाइगुन एसयूभी मात्र मासिक २२ हजार ९९९ मा चढ्न सक्नेछन् । त्यस्तै फक्सवागेनको प्रिमियम ह्याचब्याक पोलो मासिक किस्ता १४ हजार ९९९ तिरेर चढ्न सकिनेछ ।

कम्पनीले ल्याएको यो सजिलो फाइनान्स अफरबाट अब ग्राहकले सानो किस्तामै युरोपीयन कारको मजा लिन सक्नेछन् । यसका अलावा फक्सवागेनका कारहरू २ वर्षे अनलिमिटेड वारेन्टीका साथ उपलब्ध रहेका छन् ।

कम्पनीका अनुसार फक्सवागेनका कारहरू १५ हजार किलोमिटर गुडेपछि मात्र सर्भिसिङ गर्नुपर्ने हुन्छ । जसका कारण वार्षिक मर्मत संभार खर्च एकदमै कम लाग्छ ।

फक्सवागेनको नयाँ वर्ष स्कीम अन्तर्गत स्पट एक्चेन्ज, १ वर्षको सडक कर निःशुल्क, ४ वर्षसम्म निःशुल्क सर्भिसिङ र आवश्यकता अनुसार निःशुल्क एशेसरिजको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ ।


Back_to_top