अब रोबटले गर्ने छ इलेक्ट्रीक कार चार्जिङ (भिडियोसहित)

काठमाडौं । इलेक्ट्रीक कारको उत्पादन र बिक्री बढेसँगै व्याट्री चार्ज गर्न विभिन्न पद्धतिको विकास भइरहेको छ । यस्तोमा फक्सवागन ग्रुपले इलेक्ट्रीक कार चार्ज गर्ने नयाँ मोवाइल रोबट कन्सेप्ट सार्वजनिक गरेको छ । 

कम्पनीले ल्याएको उक्त कन्सेप्टमा इलेक्ट्रीक गाडी पार्किङ स्थलमा लगेपछि मोवाइल एपको सहयोगले अटोनोमस रोबटको सहायताले व्याट्री वागेनलाई गाडीसम्म लगि कनेक्ट गरेर गाडी चार्ज गर्नेछ । 

उक्त अटोनोमस रोवर्टीक मेसिनमा २५ किलोवाट पर आवरको व्याट्री वागेन दिइएको हुन्छ । सवारीधनीले रोवटसँग कनेक्ट गरेर आफ्नो कार चार्ज गर्न सक्ने छन् । त्यसकालागि उनिहरुले मोवाइल एपको सहायता लिनु पर्ने हुन्छ । 

व्याट्री चार्ज गर्न अडर गरेसँगै रोवटले विभिन्न क्यामेरा, सेन्सर, लेजर स्क्यानर र अल्ट्रा सोनिक सेन्सरको सहायताले गाडीको पहिचान गरि चार्ज गर्नेछ । 

यसले विभिन्न स्थानमा बनाउनु पर्ने चार्जिङ स्टेशनको लागत घटाउने फक्सवागन समूहले दाबी गरेको छ । कम्पनीका अनुसार यस्ता रोवर्टीक अटोनोमश चार्जरहरुको सहायताले अन्डर ग्राउन्ड पार्किङ जस्ता स्थानमा गाडी चार्ज गर्न बढी उपयोगी हुने जनाएको छ । 

यस्ता स्टेशनमा राखिने रोवर्टले एकै पटक धेरै व्याट्री वागेनलाई अपरेट गर्न सक्ने छन् । गाडीको चार्जिङ पुराभएसँगै त्यस्ता वागेनलाई पुरानै स्थानमा ल्याएर चार्जमा राख्ने काम रोवटले गर्नेछ । 


Back_to_top