काठमाडौं । फक्सवागनको नयाँ एसयूभी टाइगुन भारतमा भन्दा पहिला नेपालमा विक्री सुरु हुन सक्ने देखिएको छ । नेपालको लागि फक्सवागेनको आधिकारीक विक्रेता पूजा इन्टरनेशनल नेपालले सेप्टेम्बर २० अर्थात् असोज ४ गते नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।
भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेबाट विक्री सुरु हुँदैछ । फक्सवागेन ग्रुपले भारतीय बजारलाई केन्द्रमा राखेर तयार गरेको यो एसयूभीले बजारमा उपलब्ध हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स र स्कोडा कुशकसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
फक्सवागनको नयाँ एमक्यूबी एओआइएन प्ल्याटफर्ममा आधारीत टाइगुनमा सिंगल पिसको हेडलाईट, टुस्ल्याट क्रोम ग्रिल तथा लोअर बम्परमा प्रयोग भएको क्रोमले यसलाई कन्टेम्प्रोररी यूरोपियन डिजायन ल्याङ्वेजको फिल दिएको छ ।
त्यस्तै यसको वारपारसम्म फैलिएको टेललाइट क्लष्टर तथा रियर बम्परमा दिएको क्रोम एसेन्ट, ड्यूल टोन अलोय ह्वीलले यसलाई कुशकबाट धेरै भिन्न देखाएको छ ।
एप्पल कार प्ले तथा एन्ड्ररोइड अटो, माई फक्सवागेन कनेक्ट एपसहितको १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम, डिजिल इन्ट्रुमेन्ट क्लष्टर सहितको भिजुअल ककपिट यसमा रहने छ । अटोमेटिक क्लाइमेट कन्ट्रोल, यूएसवी टाइप सिपोर्ट, वायरलेस चार्जिङ प्याड, भेन्टीलेटेड सिट जस्ता धेरै विशेषता यसमा पाउन सकिन्छ ।

टाइगुन सेफ्टीको मामलामा समेत उत्कृष्ट रहने छ । यसमा ६ वटा एयरव्याग, इएससी, टायर प्रेसर डिफ्लेसन वर्निङ तथा आइएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ ।
फक्सवागेनले टाइगुनमा टिएसआई फेमेलीको दुई फरक क्षमताको पेट्रोल इन्जिन प्रयोग गर्ने छ । यसमा रहेको १.० लिटर थ्रि सिलिण्डर टर्बो इन्जिनले ११५ एचपी पावर तथा १७५ एनएम टर्क जेनेरेट गर्ने छ । त्यस्तै, अर्को १.५ लिटर फोर सिलिण्डर टर्बो इन्जिन रहेको छ । यसले १५० एचपी पावर तथा २५० एनएम टर्क उत्पादन गर्ने छ । दुबै इन्जिनमा सीक्स स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहने छ ।
त्यस्तै अटोमेटीकमा १.० टीएसआई इन्जिनमा ६ स्पीड टर्क कन्भर्टर तथा १.५ टीएसआई इीन्जनमा ७ स्पीड डीसीटी अटोमेटिक गियरबक्स रहनेछ । नेपाली बजारमा भने सुरुमा १.० लिटर इन्जिनमा मात्रै उपलब्ध रहने छ ।
सुरुमा नेपाल १.० लिटर इन्जिनमा मात्रै उपलब्ध रहने बताइएको छ । यसको सुरुवाती मूल्य ५० देखि ५२ लाख भित्र रहने छ ।

