साेसल मिडियामा ग्राहकले चलाए ‘मेरो जावा खोई ?’ क्याम्पेन

मोटरसाइकल उत्पादक कम्पनी जावाले बुकिंग गरेको मोटरसाइकल लामो सयमसम्म पनि उपलब्ध गराउन नसकेपछि ग्राहकले सामाजिक सञ्जालमा विभिन्न प्रश्न गर्न थालेका छन् । फेसबुक तथा ट्वीटर प्रयोगकर्ताले के कारणले तोकिएको समयमा मोटरसाइकल उपलब्ध नगराएको भन्दै कम्पनीसँग प्रश्न गरेका हुन् । 

कम्पनीले भने, के कति कारणले निर्धारित समयभित्र बुकिंग गरेको मोटरसाइकल उपलब्ध गराउन नसकेको वास्तविकता सार्बजनिक गरको छैन । ग्राहकले यसलाई डिलरशिपको भन्दा पनि कम्पनी स्वयंमको समस्याको रुपमा लिन थालेका छन् । डिलरले ग्राहकको माग र बुकिंग भएअनुरुप कम्पनीले मोटरसाइकलको उत्पादन उपलब्ध गराउन नसकेको जवाफ दिँदै आएको छ । 

कम्पनीको अहमबाद, गुजरात, बेङ्गलुरु लगायत विभिन्न स्थानमा रहेका डिलरले समेत यस्तो जवाफ दिँदै आएका छन् । ग्राहकले भने, जावा कम्पनीले यथार्थ कारण खुलाई मोटरसाइकल कहिलेसम्म बिक्री गर्न सकिने मिति निर्धारण गराउनुपर्ने माग राखेका छन् । 

कम्पनीले तुलनात्मक रुपमा कम संख्यामा मोटरसाइकल उत्पादन गरेको तर, अपेक्षा गरिएको भन्दा बढी मोटरसाइकलको माग आएपछि सो समस्या सिर्जना भएको आँकलन कतियपय ग्राहकले गरेका छन् । कतिपय ग्राहकले भने यसलाई उत्पादनकर्ता र बिक्रेताबीच असमझदारीको स्वरुपमा लिएका छन् । 

बुकिंग गरेका ग्राहकले आफुले रुचाएको मोटरसाइकलको लागि लामो समय कुर्न सक्ने अवस्था रहेता पनि बजारमा भने, ब्रान्ड प्रतिको विश्वास घट्ने संभावना बढेको छ । कम्पनीले समयमा नै मोटरसाइकल उपलब्ध नगराएपछि, आक्रोशित बनेका ग्राहकले वास्तविक कारण खुलाउन माग गरेका हुन्  ।


Back_to_top