इन्डिगो र एयर इन्डियाको जहाजको पखेटा ठोक्कियो

काठमाडौं । भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल दुई यात्रुवाहक जहाजको पखेटा ठोक्किएको छ ।

मंगलबार बेलुका इन्डिगो र एयर इन्डियाको जहाजको पखेटा आपसमा ठोक्किएका हो ।

हैदराबादबाट मुम्बई आएको इन्डिगोको उडान नम्बर ‘६ई ७९१’ र मुम्बईबाट कोयम्बतुर प्रस्थान गर्ने तयारीमा रहेको एयर इन्डियाको उडान नम्बर ‘एआई २७३२’ जहाजको पखेटा ठोक्किएको हो ।

भारतको नागरिक उड्डयन प्राधिकरण (डीजीसीए)का अनुसार एयर इन्डियाको फ्लाइट एआई २७३२ उडान भर्ने तयारीमा ट्याक्सीवेमा थियो। इन्डिगोको ए३२० विमान अवतरणपछि ट्याक्सीवेतर्फ जाँदै थियो। सोही समयमा दुई विमानको पखेटा आपसमा ठोक्किएको डीजीसीएले जनाएको छ ।

दुई जहाजको पखेटा आपसमा ठोक्किएपछि तत्काल विमानबाट यात्रुहरूलाई बाहिर निकालिएको थियो । दुवै जहाजका यात्रुहरू सकुशल रहेको जनाइएको छ ।

घटनापछि डीजीसीएको मुम्बई कार्यालयका अधिकारीहरू विमानस्थल पुगेर निरीक्षण गरेका थिए। दुवै विमानलाई हाल प्राविधिक जाँचका लागि रोकिएको बीबीसीले जनाएको छ ।


Back_to_top