विश्व इलेक्ट्रीक सवारी साधन दिवसः यी हुन् नेपालमा पाइने र आउने क्रममा रहेका कार

काठमाडौं । सेप्टेम्बर ९ लाई विश्वले ‘वर्ल्ड इभी डे’को रुपमा बनाउँदै आएको छ । वातावरणीय प्रदुषण रोक्न विश्वमा नै पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै बस्न योग्य पृथ्वीलाई जिवन्त राख्ने प्र्रयासको खोज विद्युतीय सवारी साधन हो ।

सन् २०१० पछि विश्वमा विद्युतीय कारको प्रयोग बढाउन संसारभर एक किसिमको चर्चा र बहस तिव्ररुपमा भइरहेको छ । यही क्रममा विश्वका स्थापीत अटोमोवाइल कम्पनीदेखि इभीमा नै नयाँ खोज भन्दै आएका टेस्ला, विवाइडी जस्ता कम्पनीले आक्रमकरुपमा इभी बनाए ।

अहिले पुराना स्थापीत अटो कम्पनीहरु इभी उत्पादनमा ठूलो लगानी गरिरहेका छन् । निसान, बिएमडब्लू, हुन्डाई, किया, फक्सवागेन, अउडी, टाटा, टोयोटा, होन्डा जस्ता कम्पनीले पनि इलेक्ट्रीक कार उत्पादनमा लगानी बढाउँदै लगेका छन् ।

नेपाली बजारमा सन् १९९८ देखिनै विद्युतीय तीन पाङ्ग्रे सवारी साधन सफा टेम्पोको आयात भएको थियो । अहिले पनि राम्रै संख्यामा सफा टेम्पोहरु चलिरहेका छन् । सन् २००७ देखि विद्युतीय कार आयात सुरु भएको हो । रेभाबाट सुरु भएको विद्युतीय कारको आयात अब एसयूभीमा पुगेको छ ।

अहिले नेपालमा १२ लाखदेखि १ करोडभन्दा माथिका विद्युतीय कार आयत भएर विक्री भएका छन् । टेस्ला, अउडी, ज्यागुअर जस्ता कम्पनीका केही यूनिट कार नेपाल आएर विक्री भएका थिए ।

नियमित विक्री हुनेगरी बजारमा हुन्डाई कोना र आयोनिक, एमजी इजेडएस, विवाइडी इ६ र एम थ्री, टाटा नेक्सन, किया निरो, निसान लिफ, महिन्द्र इभेरिटो जस्ता मोडल बजारमा उपलब्ध रहेका छन् । यी मोडलका अलावा अन्य चिनियाँ उत्पादकले बनाएका साना ह्याचव्याक पनि उपलब्ध रहेका छन् ।

दिगो इ८, डरी इभी जस्ता साना ह्याचव्याकमा पनि ग्राहकको राम्रै आकर्षण रहेको देखिन्छ । साना विद्युतीय कारको सेग्मेन्टमा महिन्द्र इटुओ सबैभन्दा धेरै विक्री भएको मोडलमा पर्छ । तर, कम्पनीले यसको उत्पादन भने बन्द गरेको छ ।

नेपाली बजारमा चाँडै हुन्डाई आयोनिक ५, किया इ६, एमजी५ जस्ता मोडल आउने क्रममा रहेका छन् । त्यसको साथै, चिनियाँ उत्पादक साइटेक, ओरा, चेरी, चाङ्गन जस्ताब्राण्डका विद्युतीय कार नेपाल ल्याउने तयारी गरिरहेका छन् ।


Back_to_top