टाटा गाडीमा हातै खाली नजाने अफर

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चाडपर्व सुरु भएसँगै ‘हातै खाली नजाने अफर’ ल्याएको छ । यस योजना अन्तर्गत टाटाको प्रत्येक कमर्शियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ्ग गर्ने ग्राहकहरु मध्ये एक जना ग्राहकले पाउनुहुनेछ ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरु मध्ये ४३ जना ग्राहकहरुले थप उपहार प्राप्त गर्न सक्नेछन् ।

सिप्रदी ट्रेडिङ-कमर्सियल भेहिकल बिजनेस युनिटका जेनरल म्यानेजर अनुपमणि ढकालका भने, ‘सिप्रदीले आफ्ना ग्राहकहरुको उत्साह बढाई राख्न र व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न सधै क्रियाशील रहेको छ । हरेक वर्षझैँ यो वर्ष पनि ग्राहकहरूको तर्फबाट अफरसम्बन्धी सकारात्मक प्रक्रिया पाएका छौं’,

ढकालका अनुसार यो योजना असोज १४ गतेसम्म लागु हुनेछ ।


Back_to_top