प्रोटोन आर थ्री नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । मलेशियन अटोमोवाइल कम्पनी प्रोटोनको उत्पादन सुरु भएको ३५ औँ वर्ष पुगेको उपलक्ष्यमा प्रोटोन सागाको ‘आर थ्री एनिभर्सरी एडिसन’ सार्वजनिक भएको थियो । कम्पनीले ११ सय यूनिट आर थ्री उत्पादन गरेकोमा नेपाल दुई यूनिट आएको थियो ।

नेपालको लागि प्रोटोनको आधिकारीक वितरक जगदम्बा मोटर्सले नेपाल ल्याएको सागा आर थ्रीको एक यूनिट ग्राहकलाई डेलिभरी भइसकेको छ । अर्को एक यूनिट बाँकी रहेको कम्पनीले जनाएको छ ।

मोटर स्पोर्टस थिममा बनेको यो कारको इन्टेरियरमा लेदर सिट तथा कार्पेट म्याटमा आर थ्री फ्लेवर दिएको छ । यो कारको ड्यासबोर्डमा रहेको एसिभेन्ट, सेन्टर कन्सोल ट्रे तथा डायलमा एल्लो एलिमेन्ट्सको प्रयोग गरिएको छ ।

त्यस्तै कारको स्टेरिङ ह्वील तथा सिटमा कन्ट्रास्ट कलरको स्टिचिङले कारलाई आकर्षक देखाएको छ ।

प्रिमियम अटोमेटीक भेरियन्ट वेसमा बनेको आर थ्री लिमिटेड एडिसनमा एलइडी डेटाइम रनिङ लाइट, अडियो कन्ट्रोल बटम सहितको स्टेरिङ ह्वील, टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, रिभर्स क्यामरा तथा फ्रन्ट तथा रियर पार्किङ सेन्सर रहेको छ ।

प्रोटोनको यो लिमिटेड एडिशनमा १.३ लिटरको पेट्रोल इन्जिन रहेको छ जसले ९५ पीएस पावर तथा १२० एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा यो भेरियन्टको मूल्य ४६ लाख ५० हजार राखेर विक्री गरेको कम्पनीले जनाएको छ ।


Back_to_top