काठमाडौं । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘फेस्टीभ डिलाइट २०७८’ नामक योजना सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको चाडपर्व केन्द्रित योजनामा ग्राहकले ३ लाखसम्मको नगद छुट पाउने छन् । तर, यो छुट रकम भने मोडल अनुसार फरक फरक हुने कम्पनीले जनाएको छ ।
त्यसको साथै स्क्र्याच कार्ड मार्फत १ लाखसम्मको अतिरिक्त छुटसमेत ग्राहकले पाउने छन् । साथै कम्पनीले ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, एक वर्षको बीमा सुविधा र बम्पर उपहारमा हुन्डाई नयाँ जेनेरेशन आई २० एकजनालाई दिने योजनामा उल्लेख छ ।
लक्ष्मी हुन्डाईले नेपाली बजारमा अहिले सेन्ट्रो, ग्राण्ड आई १० नियोस, आई २०, क्रेटा, भेन्यू, नयाँ जेनेरेशन टुसान, सान्ताफे, प्यालिसेड, कोना इलेक्ट्रीक र आयोनिक इलेक्ट्रीक विक्री गर्दै आएको छ ।

