काठमाडौं । हाटफोर्ड मोटरसाइकलको आधिकारी विक्रेता इग्निशन अटोले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले एक्सचेन्ज बोनसका साथै नगद छुट दिने अफर ल्याएको हो ।
कम्पनीले ल्याएको यो अफरमा हालसम्मकै धेरै नगद तथा एक्सचेन्ज बोनस दिने जनाएको छ । कम्पनीले जारी गरेको अफरमा नगदमा मोटरसाइकल किन्न चाहाने ग्राहकले २० हजार नगद छुट प्राप्त गर्नेछन् । त्यसै गरि पुराना मोटरसाइकलसंग नयाँ भीआर मोटरसाइकल एक्सचेन्ज गर्न चाहाने ग्राहकले बजार मूल्यमा २० हजार थप मूल्याङ्कन दिने जनाएको छ ।
पछिल्लो समय अन्य कम्पनीले ल्याउने यस्ता अफरमा नगद १० हजार र एक्सचेन्जमा १५ हजार थप मूल्याङ्कन दिँदै आएका छन् ।
इग्निशन अटोले नेपाली बजारमा हार्टफोडको भीआर मोटरसाइकल विक्री गर्दै आएको छ ।
हाडफोर्ड कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएको ‘भीआर १५० र २२३’ गरि दुई भेरियन्टमा उपलब्ध गराएको छ । १४९ र २२३ सीसी क्षमताको ओएचसी ४ स्ट्रोक इन्जिनमा उपलब्ध भीआरले अधिकतम १८.१ पीएस पावर प्रदान गर्नेछ भने यी दुबै भेरियन्टमा कार्बुरेटर इन्जिमा दिइएको छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

