विलिङ विङ्गो ह्याचव्याकको मूल्य ३३ लाख

काठमाडौं । विलिङ विङ्गो ह्याचव्याक मोडल नेपाल आउने भएको छ । विलिङको कार यसअघि ईभी नेपाल मोटर्सले ल्याएको भएपनि विङ्गो मोडलको आयात पारामाउन्ट मोटर्सले गर्न लागेको हो ।

पारामाउन्ट मोटर्सले प्रकाशन गरेको अधिकतम खुद्रा मूल्यमा ३२ लाख ९९ हजार उल्लेख छ । इन्डोनेशियामा उत्पादन भएको विलिङ विङ्गो नेपाल आउन लागेको हो ।

यसको अधिकतम पीकपावर ५० किलोवाट रहेको छ । यसमा ब्याट्री भने ३२ किलोवाट आवर क्षमताको रहेको छ ।

विङ्गो ईभीको साइज झण्डै सब फोर मिटर एसयूभीको बराबर रहेको छ । यसको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ ।

विलिङले आफ्नो कारलाई फिचर लोडेड बनाउन कुनै कसर बाँकी राखेको छैन । यसमा दुई वटा १०.२५ इन्चको स्कृन पाउन सकिन्छ । लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।

पारामाउन्ट मोटर्सको इन्ट्री

पारामाउन्ट मोटर्सले विलिङ ब्राण्डमा पनि इन्ट्री गर्नुको मुख्य कारण एमजी हो । एमजीको स्वामित्व चिनियाँ कम्पनी एसएआईसी ग्रुपसँग छ । एसएआईसीकै मुख्य लगानी रहेको विलिङ ब्राण्डका उत्पादन पारामाउन्टले नेपाल ल्याउन लागेको देखिन्छ ।

एमजीसँगै एसएआईसीकै स्वामित्व रहेको मेक्सस ब्राण्ड पनि पारामाउन्ट मोटर्सले नै नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

यसअघि आधिकारीक बिक्रेता रहेको ईभी मोटर्स नेपालले भने विलिङ मिनी एयर बिक्री गर्दै आएको छ । अब उसले थप गाडी नेपाल ल्याउने वा नल्याउने एकिन भएको छैन ।


Back_to_top