काठमाडौं । हिरो मोटोकर्पको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङले बजारमा एक्सपल्स सिरिजमा दुई मोटरसाईकल बिक्री वितरण गर्दै आई रहेको छ । एक्सपल्स २०० र एक्सपल्स २०० टी । तर, बजारमा चर्चा एक्सपल्स २०० खुव बटुलेपनि २०० टीको चर्चा भने खासै हुने गरेको छैन ।
कम्पनीले यी दुबै मोटरसाइकलमा समान इन्जिन दिएपनि एक्सपल्स २०० लाई एडभेन्चर मोटरसाइकलको रुपमा ल्याएको हो भने एक्सपल्स २०० टी रोड बेस मोटरसाइकल हो । रोड बेस मोटरसाइकल २०० टी को मूल्य ३ लाख ३२ हजार रुपैयाँ रहेको छ । जुन एक्सपल्स २०० भन्दा ५३ हजारले कम हो ।
एक्सपल्स २०० टीमा मुख्य फिचरको रुपमा एबीएस, व्ल्यूटुथ कनेक्सन, नेभिगेशन सर्पोट, राउन्ड हेडल्याम्प, सबै किसिमका लाइट पूर्णत एलइडी दिएको छ ।
एक्सपल्स २०० टीमा स्टायडर्ड फिचरको रुपमा स्पीडोमिटर, टेकोमिटर र ट्रीपमिटर डिजिटल प्रयोग गरिएको छ । अन्य फिचरमा गियर इन्डिकेटर, फ्यूल वार्निङ इन्डिकेटर, फ्यूल गज, लो आयल इन्डिकेटर, लो व्याट्री इन्डिकेटर, पिलियन सिट, पिलियन ग्राभरेल, इन्जिन किल स्वीच, घडी, ट्रीपमिटर काउन्ट र पास लाइट रहेका छन् ।
आरमदायी यात्राको लागि अगाडि एन्टी फिक्सन बुसको साथ टेलिस्कोपिक र पछाडि ७ स्टेप राइडर एड्जस्टेवल मोनोशक दिइएको छ ।
एक्सपल्स २०० टीको लम्बाई २१२० एमएम, चौडाई ८०७ एमएम र उचाई १०९० एमएम रहेको छ । यसको ह्वीलवेस १३९२ एमएम रहेको र ग्राउन्ड क्लियरेन्स १७७ एमएम रहेको छ । यो मोटरसाइकलमा सिट हाइट भने ७९९ एमएम रहेको छ ।
कम्पनलिे यसमा दिएको १९९.६ सीसी, सिंगल सिलिण्डर, एयरकुल्ड इन्जिनले अधिकतम ८००० आरपीएममा १८ बीएच पावर र ६५०० आरपीएममा १७.१ एनएम पिक टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गिरबक्स रहेको छ ।
यसमा दुबैतर्फ १७ इन्चको अलोय ह्वील प्रयोग गरिएको छ ।

