भेष्पाको इलेक्ट्रीक स्कुटर जुन महिनाबाट बिक्री सुरु हुँदै, आउला नेपाल ?

काठमाडौं । पियाजीओ कम्पनीले भारतीय बजारमा आगामी जुनमा भेष्पाको इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । अटो एक्स्पो २०२० मा शोकेस भएको भेष्पा इलेक्ट्रीक स्कुटर अब भने बिक्री गर्ने तयारी सुरु भएको हो ।

घरायसी चार्जरबाट अधिकत ४ घण्टामा फुलचार्ज गर्न सकिने उक्त स्कुटरमा रहेको व्याट्रीले एकपटकको फुलचार्जमा १०० किलोमिटर रेञ्ज प्रदान गर्नेछ ।

भेष्पा इलेक्ट्रीक स्कुटरमा ४ किलोवाटको मोटर दिइएको छ भने ४८ भोल्ट र ४.२ किलोवाट आउटपुट क्षमताको व्याट्री दिइएको छ । भेष्पाको टर्क २०० एनएम रहेको छ ।

रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसहित आएको भेष्पामा दिइएको लिथियम आयन व्याट्री १ हजार पटक चार्जिङ साइकल भएको कम्पनीले जनाएको छ । यसमा दिइएको व्याट्रीको तौल २५ केजी रहेको छ ।

भेष्पाले आफ्नो उत्कृष्ट ब्रेकिङ सिस्टमलाई इलेक्ट्रीकमा पनि निरन्तरता दिएको छ । उसको अगाडि चक्कामा २०० एमएमको डिस्क ब्रेक प्रयोग गरिएको छ भने पछाडि १४० एमएमको ड्रम ब्रेक दिइएको छ ।

भेष्पा इलेक्ट्रीकको लम्बाई १८७० एमएम, चौडाई ७३५ एमएम र उचाई ११५० एमएम रहेको छ भने सिट हाइट ७९० एमएम रहेको छ । यसमा १३५० एमएमको ह्वीलवेस दिइएको छ ।

दुई ड्राइभिङ मोड ईको र पावर रहेको स्कुटरमा फुल स्मार्टफोन भेइकल कनेक्टीभिटी, व्ल्यूटुथ कनेक्सन, ४.३ इन्चको कलर टिएफटी डिजिटल डिस्प्ले जस्ता फिचर उपलब्ध रहेको छ ।

स्कुटरमा दिइएको स्मार्ट फिचरहरु फिंगर प्रिन्टबाट कन्ट्रोल गर्न सकिने छ भने यसमा दिइएको मोटर र व्याट्री दुबै मर्मत गर्नु नपर्ने कम्पनीले जनाएको छ । स्कुटर विभिन्न ६ कलर अप्सनमा उपलब्ध रहेको छ ।

भेष्पाका स्कुटर नेपालमा बिक्री वितरण हुँदै आएपनि इलेक्ट्रीक स्कुटर आउने वा नआउने विषयमा कुनै जानकारी प्राप्त भएको छैन । तर, भारतीय बजारमा आएका सबै पियाजीओको उत्पादन नेपाल आउने हुँदा यो स्कुटरपनि नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top