हुन्डाईले भारतमा नयाँ इलेक्ट्रीक एसयूभी बनाउने

हुन्डाई मोटर्सले भारतीय बजारलाई केन्द्रमा राखेर नयाँ इलेक्ट्रीक सव फोर मिटर एसयूभी ल्याउने जनाएको छ ।

नयाँ जेनेरेशन क्रेटा सार्वजनिकपछि मिडियासँग कुरा गर्दै हुन्डाई मोटर्स इन्डियाका एमडी तथा सिइओ सियोन सियोब किमले भने ‘हामी भारतीय ग्राहकलाई केन्द्रमा राखेर इलेक्ट्रीक एसयूभीको तयारी गरिरहेका छौं । जुन भारतमा नै उत्पादन हुनेछ ।’

किमले आगामी दुई वर्षभित्र यसको उत्पादन र बिक्री सुरु हुने जानकारी दिए । उनले नयाँ कारको मूल्यको विषयमा तत्काल भन्न निकै कठिन हुने बताए । तर, हुन्डाईको नयाँ इलेक्ट्रीक कार मास प्रडक्टको रुपमा आउने र यसलाई एक पटकको फुल चार्जमा २०० देखि ३०० किलोमिटर चलाउन सकिने उनको भनाई थियो ।

अहिले यो प्रोजेक्टको विषयमा स्टेक होल्डरसँग कुराकानी भइरहेको जानकारी दिदै किमले भनेका छन्, ‘भारतमा यसको लागि व्याट्री प्लान्ट स्थापना गर्ने र कसरी मास प्रडक्ट बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।’

हुन्डाईले भारतीय उपभोक्ताको रोजाई अनुसार कम मूल्यमा उत्कृष्ट गाडी उत्पादन गर्दै आएको र त्यसलाई भोलिका दिनमा पनि निरन्तरता दिदै आफ्नो बजार हिस्सा वृद्धिको साथै सन्तुष्ट ग्राहक जोड्नु आफुहरुको उद्देश्य रहेको किमले बताए ।

मिडिया अनुमान अनुसार हुन्डाईले भारतमा टाटा नेक्सन इलेक्ट्रीकसँग प्रतिस्पर्धा गर्नेगरि नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने अनुमान गरिएको छ ।


Back_to_top