हिरो एक्सपल्स ४०० सीसीमा आउने

काठमाडौं । हिरो मोटोकर्पको फ्ल्यागशिफ मोटरसाइकल एक्सपल्स २०० को र्याली किट भर्सन सार्वजनिक गरेको छ । यो मोटरसाइकल राम्रो रेस्पोन्स पाइरहेको छ ।

एक्सपल्सको सफलतापछि कम्पनीले दुई नयाँ मोटरसाइकलको परीक्षण सरू गरेको छ । कम्पनीले यी दुई मोटरसाइकलको लद्धाखमा परीक्षण गरिरहेको तस्वीर सार्वजनिक भएको हो ।

तस्वीरमा देखिएको मोटरसाइकलमा एक मोडल एड्भेन्चर टुरर मोडल छ भने अर्को फियर्ड स्पोर्टस् मोडल रहेको छ । तस्वीर सार्वजनिक भएसँगै एड्भेन्चर टुरर एक्सपल्स ३०० भएको अनुमान गरिएको थियो भने स्पोर्टस् मोडल एक्सट्रीम ३०० एस भएको अनुमान गरिएको थियो ।

हालै सार्वजनिक भएको एक रिपोर्टका अनुसार हिरोले नयाँ एड्भेन्चर टुरर मोटरसाइकल ४२१ सीसी इन्जिनमा ल्याउने भएको हो । कम्पनीले यसमा नयाँ च्याचिस तथा लाइट वेट ट्रेलिस फ्रेमको प्रयोग गर्नेछ ।

हिरोको नयाँ एड्भेन्चर टुरर मोटरसाइकलले बीएमडब्ल्यू जी ३१० जीएस तथा केटीएम ३९० एड्भेन्चरसँग प्रतिस्पर्धा गर्नेछ । यो मोटरसाइकलको पावर फिगर ४० हर्सपावर तथा ३५ एनएम टर्क हुने बताइएको छ ।

हिरोको डेभलमपेन्ट टिमले एक्सपल्स ४०० को परीक्षणमा केही समस्या पत्ता लगाएको र यसलाई केही समय पश्चात समाधान गरेर फेरि परीक्षण गर्ने प्रयास भइरहेको बताएको छ । यो मोटरसाइकल २०२३ को पहिलो त्रैमासमा सार्वजनिक गर्ने तयारीका साथ हिरो इन्डियाले काम गरिरहेको बताएको छ ।

 


Back_to_top