काठमाडौं । प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डको नयाँ मोटरसाइकलले आफ्नो लाइनअपमा नयाँ मोटरसाइकल थप गर्ने भएको छ । कम्पनीको बहुप्रतिक्षित मोटरसाइकल हिमालयन ४५० को टीजर सार्वजनिक गरेर नयाँ मोटरसाइकल आउने जानकारी दिएको हो ।
रोयल इनफिल्डका सीईओ सिद्धार्थ लालले आफ्नो इन्स्टाग्राममा मोटरसाइकलले खोला पार गर्दै गरेको भिडियो टिजर सार्वजनिक
गरेका हुन् ।
रोयल इनफिल्ड हिमालयन ४५० मा नयाँ एलईडी हेडल्याम्प तथा टर्न इन्डिकेट अल न्यू डिजाइनमा दिएको छ । कम्पनीले यसमा सानो आकारको इन्डिकेटर दिएको छ यो एलईडी हुन सक्ने अनुमान गरिएको छ । यसमा आकर्षक डिजाइनको विनसिल्ड दिइएको छ । पानीमा डुबेको कारण मोटरसाइकलको धेरै भाग देखिएको भने छैन् ।
यस अघि सार्वजनिक भएको एक स्पाइ तस्वीरका अनुसार हिमालयन ४५० मा धेरैजसो फिचर हिमालयन ४११ बाट लिइएको छ ।
रोयल इनफिल्ड हिमालयन ४५० मा पहिलो पकट कम्पनीले लिक्वीड कुल्ड इन्जिन प्रयोग गर्ने अनुमान गरिएको छ । यस अघि कम्पनीले कुनै पनि मोटरसाइकलमा लिक्वीड कुल्ड इन्जिनको प्रयोग गरेको छैन् । यसमा ४५० सीसी इन्जिन हुनेछ भने यसले ४५ पीएस पावर जेनेरेगट गर्छ ।
यो मोटरसाइकलको प्रतिस्पर्धा केटीएम ३९०, एज्दी एडभेन्चर जस्ता मोटरसाइकलसँग हुनेछ ।
विभिन्न समयमा परीक्षणमा देखिएको यो मोटरसाइकल २०२३ को सुवातमा भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।


