सेग्मेन्टकै शक्तिशाली इन्जिनमा आउँदै महिन्द्रा ‘एक्सयूभी ३००’

काठमाडौं । महिन्द्राको सब फोर मिटर एसयूभी ‘एक्सयूभी ३००’ को नयाँ स्पोर्टस भेरियन्ट आउने भएको छ । कम्पनीले उक्त भेरियन्टमा नयाँ १.२ लिटर टि-जिडिआई (ट्रर्बोचार्ज्ड-डिरेक्ट इन्जेक्सन) इन्जिन दिएको छ । यसलाई कम्पनीले आगामी महिनाबाट बिक्री सुरु गर्ने जनाएको छ ।

कम्पनीले नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसार तयार गरेको उक्त इन्जिनले १३० बीएच पावर र २३० एनएम टर्क प्रदान गर्छ । यो रेगुलर इन्जिनको तुलनामा २० बीएच पावर र ३० एनएम टर्क बढी हो । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ ।

योसँगै महिन्द्रा एक्सयूभी सबैभन्दा शक्तिशाली इन्जिनमा बनेको सब फोर मिटर एसयूभी समेत भएको छ । यसअघि फोर्ड इकोस्पोर्ट १२३ बीएच पावरसहित सबैभन्दा बढी पावर प्रदान गर्ने गाडी थियो ।

स्पोर्टस भेरियन्टमा इन्जिनको अलावा केही कस्मेटिक परिवर्तनसमेत गरिएको छ । यसको बडीमा स्पोर्टस लेखिएको छ भने त्यसलाई झल्काउन ढोका र अगाडिको ब्रेक क्यालिफरमा फरक पन दिइएको छ । साथै यसको क्याविनपनि अल व्ल्याक थिममा रेड हाइलाईटको साथ तयार गरिएको छ ।


Back_to_top