काठमाडौं । शून्य प्रतिशत ब्याजदरमै किस्ताबन्दीमा याडियाका इलेक्ट्रीक स्कुटर खरिद गर्न पाइने भएको छ ।
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ वर्षको अवसरमा आकर्षक अफर ल्याएको हो ।
यस अफर अन्तर्गत ग्राहकले वैशाख महिनाभर शून्य प्रतिशत ईएमआइ सुविधा याडिका इलेक्ट्रीक स्कुटर किन्न सक्नेछन् । साथै, ग्राहकले विशेष उपहार ह्याम्पर पाउने कम्पनीले जनाएको छ ।
यो योजनाले एकमुष्ट भुक्तानीको भार कम गर्दै स्वामित्वलाई अझ सहज बनाउने कम्पनीको भनाइ छ ।
यो योजनाले नेपालमा ग्राहकलाई विद्युतीय मोबिलिटीतर्फ आकर्षित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
यो योजना वैशाख महिनाभर देशभर रहेका याडिया सबै शोरुमहरूमा लागू हुनेछ ।

