नागपोखरीमा खुल्यो याडियाको सर्भिस सेन्टर

काठमाडौं । याडियाले काठमाडौंको नागपोखरीमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले ग्राहकको सुविलाई मध्येनजर गर्दै नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

नयाँ सर्भिस सेन्टरबाट याडिया स्कुटर प्रयोगकर्ताहरूलाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा सेवा सुविधा प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ । उक्त स्थानबाट सर्भिसिङको काम समेत सुरू भइसकेको छ ।

आगामी दिनमा नेपालका अन्य प्रमुख शहरहरूमा पनि सर्भिस सेन्टर विस्तार गर्दै लैजाने कम्पनीको योजना छ ।

चिनियाँ ब्राण्ड याडिया विगत ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रीक दुई पाँग्रे ब्राण्डका रूपमा स्थापित हुँदै आएको छ । याडियाले नेपाली बजारमा विभिन्न मोडलका प्रिमियम स्कुटर उपलब्ध गराउँदै आएको छ ।

हाल नेपालमा याडियाका भेलाक्स, ओविन, एम ६ र ई८एस प्रो मोडल उपलब्ध छन् ।


Back_to_top