काठमाडौं । यामाहा नेपालले नयाँ र रोमाञ्चक एक्सचेन्ज अफर ल्याएको छ ।
यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडस्ले काठमाडौं उपत्यकाका ग्राहकलाई लक्षित गर्दै एक्सचेन्ज अफर ल्याएको हो ।
कम्पनीले यामाहा ब्लू फेस्टको सफलतापछि फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको हो ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकले जुनसुकै ब्राण्डको पुरानो सवारी साधनको न्यूनतम मूल्यांकन २५ हजार रुपैयाँ पाउने छन् ।
त्यस्तै, एक्सचेन्ज भ्यालु बढाउन थप १० हजार, धरौटी बिनै सहज फाइनान्स सुविधा, ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी सुविधा पाउने छन् ।
साथै, ‘थ्रील अफ थ्री’ अफर अन्तर्गत १ लाख रुपैयाँसम्म स्योर शट छुट, हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोट्र्स ब्याग र बाइक कभर जस्ता एसेसरिज निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
यो अफर वैशाख १४ गतेदेखि १९ गतेसम्म काठमाडौं उपत्यकाका सबै आधिकारिक शोरूमहरू लागू हुनेछ ।

