मासिक ८ हजार किस्तामा यामाहाको रेट्रो मोटरसाइकल

काठमाडौं । बजारमा मोटरसाइकलको मागमा उच्च गिरावट आएसँगै विक्रेता कम्पनीहरुले ग्राहकलाई लोभलाग्दो स्कीम दिइरहेका छन् । यस्तै स्कीम यामाहाले आफ्नो एफजेड-एक्स रेट्रो डिजाइन मोटरसाइकलमा दिएको हो ।

यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ३ लाख ४७ हजार ९०० रुपैयाँ मूल्य रहेको मोटरसाइकल मासिक ७ हजार ८९२ रुपैयाँ किस्ता तिर्नेगरी किन्न पाइने स्कीम दिएको छ ।

कम्पनीले मोटरसाइकलको मूल्यको ४० प्रतिशत डाउन पेमेन्टगरी बाँकी रकमलाई १८, २४ र ३० महिनाको अवधि मध्ये उपयुक्त एउटा छनोटगरी किस्तामा मोटरसाइकल खरिद गर्न सक्ने छन् ।

धेरै आमदानी हुने मानिसले १८ महिनाको किस्तामा एफजेड-एक्स किन्दा मासिक १२ हजार १५४ रुपैयाँ किस्ता बुझाउनु पर्ने हुन्छ । त्यस्तै २४ महिनको किस्तामा किन्ने मानिसले मासिक ९ हजार ४४० रुपैयाँ बुझाए पुग्छ ।

कम्पनीले १५० सीसीभन्दा कम क्षमताका मोटरसाइकल तथा स्कुटको कम डाउन पेमेन्ट र कम मासिक किस्ता लाग्ने स्कीम ल्याएको हो ।

यस्तो छ ‘एफजेड-एक्स’ मोटरसाइकल

एफजेड-एक्स रेट्रो लुक्स मोर्डन डिजाइनमा निर्माण गरिएको मोटरसाइकल हो । यसमा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेडल्याम्प दिइएको छ । त्यस्तै यसमा नयाँ टेक्नोलोजीमा आधारित धेरै फिचर पाउन सकिन्छ ।

कम्पनीले यसमा ‘ब्रान्ड न्यू अल डिजिटल कन्सोल’ दिएको छ । एफजेड-एक्समा कम्पनीले ब्लुटुथ कनेक्टिभिटी फिचर दिएको छ । साथै, सुरक्षामा अब्बल बनाउन सिंगल च्यानल एबीएस उपलब्ध गराएको छ ।

यसमा १४९ सीसी क्षमताको एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

यसका अलावा एफजेडएक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top