काठमाडौं । यामाहाले बजारमा ल्याउने घोषणा गरेको नयाँ मोटरसाइकल ‘एफजेड एक्स’को पहिलो तस्विर सार्वजनिक भएको छ । पूर्ण डिजाइन नभएको तस्विर सहित यसमा रहने फिचर वाइकवाले डट कमले सार्वजनिक गरेसँगै यसमा रहने केहि फिचरको अनुमान सुरु भएको हो ।
यामाहा एफजेड एक्समा केहि लामो फ्रन्ट फेन्डर रहने छ भने, यसमा गोलो हेडल्याम्प दिने छ । एलइडी डिआरएलले घेरेको राउन्ड प्रोजेक्टर हेडल्याम्प यसको प्रमुख विशेषता हुन सक्ने छ । तस्विरमा देखिए अनुसार हेडलाइट पूर्ण तयारी भने भएको छैन ।
यसमा ठूलो इन्धन ट्याङ्की प्रयोग हुने देखिन्छ । यसमा रेडिएटरलाई मोरिएको छ, यसैलाई आधार मान्दा यसमा एयरकुल्ड इन्जिन उपलब्ध रहने छ । यदि एयर कुल्ड इन्जिनको प्रयोग हुने हो भने यसमा १४९ सीसी सिंगल सिलिण्डर, एफआई इन्जिन प्रयोग हुने छ । उक्त इन्जिनले अधिकतम १२.४ पीएस पावर र १३.३ एनएम टर्क प्रदान गर्छ । जुन एफजेडएस भि थ्री बराबर हो ।
कम्पनीले यसलाई एड्भेञ्चर लुक्समा ल्याउने छ । यसमा स्पोक ह्वीलको प्रयोग हुनसक्ने देखिन्छ । दुबै चक्का १७ इन्चको रहने अनुमान गर्न सकिन्छ । यसको सस्पेन्सन अफरोडको लागि उपयुक्त हुने छ ।

