‘भिन्टेज एडिशन’मा यामाहा एफजेडएस भी ३

काठमाडौं । यामाहा एफजेडएस भी ३ को भिन्टेज एडिशन सार्वजनिक भएको । यसको विक्री भारतमा आगामी हप्ताबाट सुरु हुने भएको छ ।

कम्पनीले यसको ग्राफिक्समा परिवर्तन गर्नुका साथै केहि फिचर समेत थप गरेको छ । मूख्यत यसको ग्राफिकमा परिर्वतन ल्याएको हो । यसको सिट टान व्राउन कलर प्रयोग गरेको छ । यसका साथै सिटको साइज बढाएर अझै कम्र्फट बनाएको छ भने सिटमा लेदर मेटेरियल प्रयोग भएकाले प्रिमियम फिल प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

साथै, यसमा कम्पनीले मफ्लर कभरलाई नयाँ डिजाइन दिएको छ भने, इन्जिन कौल समेत थप गरेको छ । यसका अलावा कम्पनीले यामाहा कनेक्ट–एक्स टेक्नोलोजी प्रयोग गरेको छ ।

भिन्टेज एडिशनमा कम्पनीले कुनै पनि मेकानिकल परिवर्तन भने गरेको छैन । यसमा १४९ सीसी एसओएचसी, एयरकुल्ड, सिगंल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १२.४ पीएस पावर तथा १३.६ एनएम टर्क जेनेरेट गर्छ ।

यसको मूल्य १ लाख ९ हजार ७०० भारतीय रुपैयाँ एक्स सोरुम प्राइस निर्धारण गरेको छ । यो मूल्य एफजेडएस भी ३ को स्यान्र्डड भर्सनको भन्दा ५ हजार भारतीय रुपैयाँले धेरै हो ।


Back_to_top