काठमाडौं । भारतमा स्कोडाको नयाँ एसयूभी ‘भिजन आईएन’को सडक परिक्षण सुरु भएको छ । भारतीय बजारलाई ध्यानमा राखेर हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्स जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्न कम्पनीले नयाँ एसयूभी ल्याउने तयारी गरेको हो ।
स्कोडाले भारतमा अटो एक्स्पो २०२० मा यो एसयूभीको कन्सेप्ट फर्म सोकेस गरिएको थियो । अहिले भारतीय सडकमा परीक्षण सुरु भएसँगै नयाँ एसयूभीबारे उत्सुकता बढ्दै गएको छ ।
भर्खरै सार्वजनिक भएको ‘स्पाई इमेज’हरुमा स्कोडाको नयाँ भिजन आईएन एसयूभीमा एलईडी हेडल्याम्प र हेलोजिन फग लाइट रहने छ ।
साइड प्रोफाइलमा ठूला स्टिल ह्वील देखिन्छ तर यसको हायर भेरियन्टमा भने अलोय ह्वील हुने बताइएको छ । परीक्षणका क्रममा देखिएको एसयूभीको रियर प्रोफाइलमा एलईडी टेल लाइट, स्प्वाईलर सहितको स्टप ल्याम्प र नम्बर प्लेट रिसेस देख्न सकिन्छ ।

अर्को तस्बिरमा यसको इन्टेरियर देखिन्छ । यसमा लेदरले मोडिएको स्टेरिङ ह्विल, स्टेरिङ माउन्टेड कन्ट्रोल र फ्रि–स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । यो मोडेल एमक्युबी–एओ–आईएन प्लेटफर्ममा बनाइएको छ, जुन फक्सवागनको टाइगुनमा समेत प्रयोग गरिएको छ । स्कोडा भिजन आईएनको नाम सम्भवतः ‘स्कोडा क्लिक’ राखिनेछ । यसलाई मध्य २०२१ मा सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।
स्कोडा भिजन आईएन १.० वा १.५ लिटरको टीएसआई पेट्रोल इन्जिनमा उपलब्ध हुनसक्छ । १.० लिटरको इन्जिन राखिएमा ६ स्पिड म्यानुअल र अटोमेटिकमा उपलब्ध हुनेछ भने १.५ लिटरको टीएसआई इन्जिन प्रयोाग भएमा ७ स्पिड डीसीटी इन्जिन हुनेछ ।


