२५ लाखमै नेपालमा किन्न पाइएला निसान म्याग्नाइट, यस्ताे छ भारतमा मूल्य

काठमाडौं । निसानको सब फोर मिटर एसयूभी म्याग्नाइट भारतमा बिक्री सुरु भएको छ । निसानले ल्याएको आफ्नो पहिलो सब फोर मिटर एसयूभीको मूल्य भारतमा ५ लाखभन्दा कम राखेर बिक्री सुरु गरेको हो ।
भारतमा सब फोर मिटर एसयूभीको बजार बिस्तार भएसँगै निसानले पनि यो सेग्मेन्टमा प्रबेश गरेको हो । आजबाट भारतमा बिक्री सुरु भएको म्याग्नाइट पायोनियर मोटोकर्पले जनवरी २०२१ मा नेपाल ल्याउने जनाईसकेको छ ।

विभिन्न ४ भेरियन्ट एक्स, एक्सएल, एक्सभी र एक्सभी प्रिमियममा आउने म्याग्नाइटको टप भेरियन्टको मूल्य ८ लाख ५८ हजार भारु कायम भएको छ ।

भारतीय बजारकाे मूल्य

यसअघि भारतमा ५ लाख ५० हजार भारुबाट मूल्य सुरु हुने अनुमान गरिएको म्याग्नाइटको मूल्य ४ लाख ९९ हजारबाटै सुरु भएसँगै नेपालमा यसको मूल्य २५ लाख रुपैयाँ बाटै सुरु हुन सक्ने देखिएको छ ।

यसअघि नेपाली बजारमा सुरुवाती भेरियन्टको मूल्य ३० लाख रुपैयाँ भन्दा कम कायम हुने मेरोअटोले अनुमान गरेको थियो ।

निसानको पहिलो सब फोर मिटरको कम्प्याक्ट एसयुभी म्याग्नाइटले बजारमा कम्प्याक्ट एसयूभीहरु टाटाको नेक्सन, हुन्डाईको भेन्यू, सुजुकी भीटारा ब्रेजा, फोर्डको इकोस्पोर्टका साथै छिटै लन्चहुदै गरेको कियाको सोनेटसँग प्रतिस्पर्धा गर्नेछ ।

निसानलाई ठूलो बजार लिएर बसेका कम्प्याक्ट एसयूभीहरुसँग प्रतिस्पर्धा गर्नका लागि यसको सबैभन्दा दमदार पक्ष मूल्य हुने अनुमान गरिएको छ । यसमा अन्य कारहरुमा भन्दा सानो इन्जिन रहेकोले यस्तो अनुुमान गरिएको हो ।

म्याग्नाइटमा १.० लिटरको नेचुरल्ली यस्पायर्ड तथा १.० लिटरको टर्बो चाज्र्ड इन्जिन रहेको छ । जसले क्रमश ७१ बीएच पावर तथा ९८ एनएम टर्क तथा ९९ बीएच पावर तथा १६० एनएम टर्क उत्पादन गर्नेछ । निसानले कम सीसी इन्जिन भएपनि पावरमा भने सम्झौँता गरेको छैन ।


Back_to_top