मासिक २१ देखि २७ हजार किस्ता तिर्नेले किन्न सक्ने एसयूभी

काठमाडौं । ग्राहकले नेपाली बजारमा उपलब्ध साना सब फोर मिटर एसयूभी र क्रसओभर कार मासिक २७ हजार रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् ।

बजारमा उपलब्ध हुन्डाई, टाटा, रेनो र फोर्डका साना एसयूभी र क्रसओभर गाडी मासिक २७ हजार किस्तामा किन्न सकिन्छ । टाटा नेक्सन, हुन्डाई भेन्यू, फोर्ड इको स्पोर्ट सब फोर मिटर एसयूभी हुन् भने रेनो टाइबर एमपीभी हो ।

अहिले नेपाली बजारमा उपलब्ध रेनो टाईबरको सुरुवाती भेरियन्ट आरएक्सईको मूल्य २८ लाख ७० हजार रुपैयाँ रहेको छ । यसमा कम्पनीले १ लाखसम्म नगद छुट पनि प्रदान गर्दै आएको छ । यसलाई ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम बैंकबाट ९ प्रतिशत व्याजमा ८ वर्षको लागि कर्जा लिँदा मासिक २१ हजार हाराहारी तिर्नु पर्ने हुन्छ ।

टाटाको चर्चित सब फोर मिटर एसयूभी नेक्सनको इन्ट्री भेरियन्टको मूल्य ३५ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीले यसमा ३ लाखसम्म नगद छुट प्रदान गर्दै आएको छ । यसलाई पनि ५० प्रतिशत डाउन पेमेन्ट, ९ प्रतिशत व्याजदर र ८ वर्षे अवधिको कर्जामा लिँदा मासिक २६ हजार रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।

हुन्डाई भेन्यू पनि नेपालमा सफल सब फोर मिटर एसयूभी हो । यसको सुरुवाती भेरियन्ट ‘इ’को मूल्य ३६ लाख २६ हजार रुपैयाँ रहेको छ । यसलाई किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट, ९ प्रतिशत व्याजदर र ८ वर्षे अवधिको कर्जामा लिँदा मासिक २६ हजार ५०० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ । कम्पनीले भेन्यू किन्ने ग्राहकलाई पनि १ लाख ५० हजारसम्म नगद छुट दिदै आएको छ ।

किया सोनेट नेपाल आएको नयाँ सब फोर मिटर एसयूभी हो । सोनेटको इन्ट्री लेवल भेरियन्टको मूल्य ३५ लाख ९० हजार रुपैयाँ रहेको छ । ग्राहकले यसलाई ५० प्रतिशत डाउन पेमेन्ट, ९ प्रतिशत व्याजदर र ८ वर्षे अवधिको कर्जामा लिँदा मासिक २६ हजार २०० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।

नेपालमा सर्वाधिक बिक्री भएको सब फोर मिटर एसयूभी फोर्ड इकोस्पोर्टको इन्ट्री भेरियन्ट एम्बीयन्टको मूल्य ३६ लाख ९० हजार रुपैयाँ रहेको छ । ग्राहकले यसलाई ५० प्रतिशत डाउन पेमेन्ट, ९ प्रतिशत व्याजदर र ८ वर्षे अवधिको कर्जामा लिँदा मासिक २७ हजार रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ । फोर्डले पनि १ लाख ५० हजारसम्म नगद छुट प्रदान गर्दै आएको छ ।


Back_to_top