यस्तो छ नेपालमा पाइने प्रिमियम स्कुटरको नयाँ मूल्य

काठमाडौं । नेपाली बजारमा स्कुटरमो माग बढ्दै जाँदा विभिन्न कम्पनीले नयाँ नयाँ स्कुटर भित्र्याउने क्रम चलिरहेको छ । नेपाली बजारमा हाल ४ लाख ७० हजार रुपैयाँसम्मका स्कुटर विक्री भइरहेका छन् ।

हाल नेपाली बजारमा १२५ सीसी क्षमताको स्कुटर धेरै विक्री हुने गरेका छन् । यद्यपी, नेपाली बजारमा १५० सीसी क्षमताका स्कुटरसमेत विक्री वितरण भइरहेका छन् । १५० सीसी स्कुटर विक्री गर्नेमा यामाहा, अप्रिलिया, भेष्पा जस्ता कम्पनी रहेका छन् ।

१२५ सीसी सेग्मेन्टमा धेरै विक्री हुने स्कुटरमा टीभीएस, यामाहा, होन्डा जस्ता कम्पनी परेपनि प्रिमियम सेग्मेन्टमा अप्रिलिया र भेष्पा रहेका छन् ।

नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीको महंगा स्कुटरमा टीभीएस एनटर्क १२५, होन्डा ग्राजिया १२५, सुजुकी वर्गम्यान १२५, अप्रिलिया एसआर १५० र यामाहा एनम्याक्स रहेका छन् ।

टीभीएस एनटर्क रेश एडिशनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ रहेको छ भने होन्डा ग्राजिया डिएसएस मोडलको मूल्य २ लाख ३९ हजार रुपैयाँ रहको छ ।

त्यस्तै यामाहाले विक्री गर्ने १२५ सीसी क्षमताको रे जेडआर १२५ एफआईको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ र एनम्याक्स १५० को मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ । यामाहा एन म्याक्स १५० नै नेपालमा उपलब्ध महँगो स्कुटर हो ।

त्यस्तै सुजुकीले विक्री गर्ने सबैभन्दा महँगो स्कुटर वर्गम्यान १२५ को मूल्य २ लाख ३७ हजार रुपैयाँ रहको छ । यस्तै अप्रिलिया एसआर १५० रेश एडिशनको मूल्य ३ लाख १३ हजार ९०० रुपैयाँ रहेको छ भने यो नै अप्रिलियाले नेपालमा विक्री गर्ने सबैभन्दा महँगो स्कुटर रहेको छ ।


Back_to_top