इटलीको मिलानमा आयोजित EICMA मोटर शो २०१८मा संसारको सबैभन्दा ठूलो टु ह्वीलर निर्माता कम्पनी यामाहाले तिनपांग्रे टुरर मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीेले पावर फुल इन्जिन क्षमताको थ्री ह्वीलर टुरर मोटरसाइकल निकेन जीटी बजारमा ल्याएको आधिकारीक घोषणा गरेको हो ।
यसमा ८४७ सीसी क्षमताको थ्री सिलिन्डर इन्जिन लगाइएको छ । यसले १० हजार आरपिएममा ११५ हर्ष पावर उत्पादन गर्ने क्षमता राख्छ ।
उक्त बाइक स्टिल आल्मुनियम फ्रेमले डिजाइन गरिएको छ । यसमा बडी बिन्डशीट, आरामदायक सिट, हिटेड ग्रिप, डबल १२ भि डीसी आउटलेट दिइएको छ । यसमा सेन्टर स्टायर्डड फिचर लगाइएको छ ।
निकेन जीटीमा उपलब्ध मल्टीपल ह्वीलले यात्राको समयमा कन्फिडेन्ट र सहज ह्यान्डेलीङ प्रदान गर्ने कम्पनीले जनाएको छ । यसका साथै मोटरसाइकलमा अपसाइड डाउन फ्रन्ट फर्क दिईएको छ ।
बाइकमा टिल्टिग सिस्टम उपलब्ध रहेको छ, जसले ४५ डिग्रीको डिप लिन एंगल प्रदान गर्छ ।
सुरक्षा फिचरको लागि मोटरसाइकलमा क्रुज कन्ट्रोल र ट्राक्शन कन्ट्रोललगायतका आधुनिक फिचरहरु दिइएको छ ।

