काठमाडौं । यामाहा इन्डियाले दुई नयाँ जेनेरेशन मोडल बजारमा ल्याएको छ । कम्पनीले आर १५ भी फोर र आर १५ एम मोटरसाइकल बजारमा ल्याएको हो । कम्पनीले ल्याएको नयाँ मोटरसाइकलमा आर १५ एम नयाँ मोडल हो भने, भी फोर नयाँ जेनेरेशन मोडल हो । अहिले आर १५ भी थ्री नेपालमा विक्री हुँदै आएको छ ।
यामाहाले ‘एम’ मोडल पहिलो पटक भारतमा उत्पादन गरेको हो । भारतमा उत्पादन भएको आर १५ एम निकट भविष्यमा नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यामाहाले एम सिरिजलाई पर्फमेन्स मोडलकोरुपमा अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको छ ।
आर १५ एमको डिजाइन धेरै हदसम्म आर १ एमबाट प्रेरित रहेको छ । साथै, नयाँ जेनेरेशन आर १५ भी फोरलाई आर ७ बाट प्रेरित रहेर तयार गरिएको छ ।
कम्पनीले यी दुबै मोडलमा १५५ सीसी क्षमताको लिक्वीड कुल्ड भिभिए एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १८.३ बीएच पावर र १४.१ एनएम टर्क प्रदान गर्छ । यसका ६ स्पीड गियरबक्सको साथमा स्लीपर क्लच दिइएको छ । दुबै मोटरसाइकलको कुल तौल १४२ किलोग्राम रहेको छ ।
भारतीय बजारमा यसको मूल्य १ लाख ६७ हजार ८०० देखि १ लाख ७९ हजार ८०० भारतीय रुपैयाँ एक्स शोरुम तय गरिएको छ । नयाँ जेनेरेशन मोडलमा परिमार्जन गरिएको एग्जस्ट, ठूलो विन्ड स्कृन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्लुटुथ कनेक्टीभीटी, नयाँ ठाउँमा पुटपेज, अपडेट गरिएको बडी ग्राफिक, यूएसडी फर्क, नयाँ हेडलाइट जस्ता परिमार्जन पाउन सकिन्छ ।

