७१ किमी माइलेज दिने ‘रे जेडआर’ किन्दा ५ वर्षसम्म सर्भिसिङ फ्री

काठमाडौं । यामाहा नेपालले अभियान सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा आफ्नो हाइब्रिड स्कुटर रे जेडआर १२५(एफआइलाई सफल रूपमा अपनाइएको र स्थापित गरिएको खुसियालीमा यो अभियान ल्याएको हो ।

यस अफर अन्तर्गत चैत १ गतेदेखि रे जेडआर हाइब्रिड खरिद गर्ने ग्राहकले ५ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउने कम्पनीले जनाएको छ ।

यामाहा नेपालका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले रेकर्ड ब्रेकिङ माइलेज र ५ वर्षको निःशुल्क मर्मत सुविधाले ग्राहकको इन्धन खर्चको चिन्ता हटाउने बताए ।

‘यो अभियान ती हजारौं सन्तुष्ट चालकहरूको आवाज हो जसले आफ्नो दैनिक जीवनमा ७१.३३ किमीरलिटरको माइलेज पहिले नै अनुभव गरिसकेका छन्,’ उनले भने, ‘यो रेकर्ड ब्रेकिङ माइलेज र ५ वर्षको निःशुल्क मर्मत सुविधालाई जोडेर हामी ग्राहकको स्वामित्व अनुभवबाट खर्चको चिन्ता हटाउँदैछौं ’

विश्वभर इन्धन संकट गहिरिँदै जाँदा यामाहाको यो हाइब्रिड स्कुटर निकै प्रभावकारी बन्दै गएको छ । नेपालकै एकमात्र हाइब्रिड इन्जिनयुक्त स्कुटरको रूपमा यमाहा रे जेडआर १२५ रोजाइ मात्र नभई हजारौं चालकहरूका लागि एउटा भरपर्दो समाधान बनेको कम्पनीको भनाइ छ ।

साधारण १२५ सीसीका स्कुटरले औसतमा ४०/४५किमी माइलेज दिन्छन् । तर, यामाहा रे जेडआर हाइब्रिडले ७१.३३ किमी माइलेज दिने एआरएआइले प्रमाणित गरेको छ । यो साधरण स्कुटरकोभन्दा करिब ४० प्रतिशत बढी हो ।

यो माइलेजले ३ वर्षको अवधिमा चालकको इन्धनमा मात्रै १ लाख रुपैयाँभन्दा बढी खर्च जोगाउने कम्पनीको भनाइ छ ।

यामाहा रे जेडआर हाइब्रिड निकै शक्तिशाली, आकर्षक डिजाइन् र विश्वस्तरीय इन्जिनियरिङको उत्कृष्ट संगम हो । यसमा रहेको स्मार्ट मोटर जेनेरेटरले विद्युतीय रूपमा काम गर्दै सुरुवाति गति र उकालो बाटोमा ‘पावर असिस्ट’ प्रदान गर्छ। यसले गर्दा माइलेजका लागि स्कुटरको शक्तिसँग कहिल्यै सम्झौता गर्नु पर्दैन।

यसमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआइ) प्रविधि र स्वचालित स्टप एण्ड स्टार्ट प्रणालीले सँगै मिलेर काम गर्छन्, जसले ट्राफिक लाइटमा पालो कुर्दा इन्धनको एक थोपा पनि खेर जान दिँदैनन् ।

मात्र ९९ केजीको हलुका रे जेडआर साँघुरा गल्ली र भारी ट्राफिकमा चलाउन निकै सहज छ । यसले चालकको थकान कम गर्छ।

रे जेडआर हाइब्रिमा वाइ कनेक्ट ब्लुटूथ कनेक्टिभिटी, सुरक्षाका लागि साइड स्ट्यान्ड इन्जिन कट अफ र २१ लिटरको अन्डरसिट स्टोरेज जस्ता सुविधाहरू छन्। यो प्रदर्शन, शैली र बजारकै सबैभन्दा स्मार्ट इकोनोमी खोज्ने चालकहरूका लागि एक उत्कृष्ट रोजाइ हो।


Back_to_top