काठमाडौं । यामाहा मोटरसाइलहरु महंगा भएका छन् । यामाहाको लागि नेपालको आधिकारिक एमएडब्लू राइड प्रालिले चैत्र महिनाको मूल्यसूची प्रकाशन गर्दै नयाँ मूल्य सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार मोटरसाइकलको मूल्य २ हजारदेखि ९ हजार रुपैयाँसम्मले वृद्धि भएको हो ।
कम्पनीले अधिकांश मोटरसाइकलको मूल्य बढाएको छ । धेरैजसो मोटरसाइकलमा ३ हजार रुपैयाँले मूल्य वृद्धि गरेको हो । केही मोडलमा भने एक हजार रुपैयाँ मात्रै वृद्धि गरिएको छ ।
कम्पनीले एउटा मोडलमा भने ९ हजार रुपैयाँले वृद्धि गरेको हो । सबैभन्दा धेरै मूल्य वृद्धि भएको यामाहा आर १५ भी ४ को ब्लू कलर मोडल हो । कम्पनीले यसको मूल्य ६ लाख २० हजार ९०० रुपैयाँबाट वृद्धि गरेर ६ लाख २९ हजार ९०० रुपैयाँ बनाएको हो ।
कम्पनीले यामाहा एफजेड एक्स, आर १५ भी ४ ब्ल्याक, एफजेड भी ३ कनेन्ट जस्ता केही मोडलको मूल्य भने यथावत नै राखेको छ ।
त्यस्तै, स्कुटर तर्फ भने कम्पनीले २ देखि ३ हजार रुपैयाँसम्मले वृद्धि गरेको छ ।
यस्तो छ नयाँ मूल्यसूची


