धुलिखेलको डर्ट टेम्पलमा हिरो एक्सपल्सको ‘थ्रील’

काठमाडौं । हिरो मोटोकर्पको एक्सपल्स २०० एड्भेन्चर मोडललाई धुलिखेलको डर्ट टेम्पलमा अफरोड राइडमा उतारिएको थियो ।

एकै स्थानमा ट्रयाक र अफरोड एड्भेन्चरको अनुभव प्रदान गर्न ‘एक्सट्रयाक’ कार्यक्रम आयोजना गरिएको हिरो मोटोकर्पको आधिकारीक बिक्रेता सीजी मोटर्सले जनाएको छ । कम्पनीले उक्त ट्रयाकमा एक्सपल्स २०० फोरभी र एक्सपल्स २०० फोरभी प्रो मोडललाई उतारेको थियो ।

नेपाली युवा राइडरहरुलाई प्रशिक्षण दिन र कार्यक्रमलाई रोचक बनाउन १४ पटक सुपर क्रस र डर्ट ट्रयाक इन्डिया नेशनल च्याम्पियन जोशुआ प्रमोद आएका थिए । उनको कोचिङ र रेखदेखमा रेसरहरुले ट्रयाकमा एक्सपल्स दौडाएका थिए ।

हिरो एक्सपल्स नेपाली बजारमा सफल एड्भेन्चर मोडल हो । डिजाइन, फिचर र मूल्यको आधारमा धेरैले रुचाउने र किन्न सक्ने भएकै कारण यसको निरन्तर बिक्री बढ्दै गएको देखिन्छ ।

 


Back_to_top