काठमाडाैं । यामाहाले ३ पाङ्ग्रे मोटरसाइकल ‘निकेन’ अन्तर्राष्ट्रिय बजारमा ल्याएको छ । सुरुमा बेलायतमा मात्रै बिक्री सुरु भएको यो मोटरसाइकलको मूल्य १३ हजार ४ सय ९९ पाउन्ड तोकिएको छ ।
बेलायतमा यसलाई अनलाईनबाट मात्रै अर्डर गर्न सकिने छ । अडर गरेको १४ दिनभित्र कम्पनीले नजिकको शो रुमबाट डेलिभरी दिने जनाएको छ ।
परर्फरमेन्स
यामाहा निकेन लिक्विड-कूल्ड, फ्यूल-इजेक्टेड, फोर-स्ट्रोक, डिओएचसी, फोर वयल, इनलाइन ट्रिपल इन्जिन जडान भएको छ । ३ सिलिन्ड र ८४७ सीसी क्षमता भएको एलएमडब्लु टेक्नोलोजिमा विकास गरिएको इन्जिन रहेको छ ।
यस टेक्नोलोजिमा बनाइएकाे बाइक मोड्न निकै सहज हुने छन । २६३ किलोग्रामा तौल रहेको छ ।
फिचर्स
यामाहा निकेनमा १५ इन्चको फ्रन्ट ह्वील दिइएको छ भने डुअल-ट्यूब अपसाइड-डाउन फोर्क्स को साथ जडान गरिएको छ । यसको सहयोगले बाइकको ब्यालेन्स गर्न सहज हुन्छ ।
यस बाइकको लम्बाई २१५० एमएम, चौडाई ८८५ एमएम र उचाई १२५० एमएम रहेको छ ।