काठमाडौं । यामाहा इन्डियाले केटीएम आरसी २०० को प्रतिस्पर्धी मोटरसाइकल ल्याउने भएको छ । यामाहा आर २ ट्रेडमार्कले भारतमा मान्यता पाएसँगै केटीएम आरसी २०० को प्रतिस्पर्धी मोटरसाइकल आउने भएको हो ।
यामाहा इन्डियाले २०२४ नोभेम्बरमा यामाहा वाईजेडएफ आर २ को ट्रेडमार्क दर्ताका लागि निवेदन दिएको थियो । १ वर्षपछि कम्पनीले ट्रेडमार्क प्राप्त गरेको हो ।
यामाहा आर १५ को माथिल्लो र आर ३ बीचको भर्सनको रूपमा नयाँ आर २ आउने छ । यामाहा आर १५ को भारतीय बजारमा राम्रो रेपुटशन रहेको छ । आर २ पनि आर १५ जस्तै फियर्ड मोटरसाइकल हुनेछ ।
आर २ मा पनि लिक्विड कुल्ड भीभीए टेक्नोलोजी हुनेछ । केटीएम आरटी २०० मा भएको इन्जिनले २५ पीएस पावर र १९.२ एनएम टर्क जेनेरेट गर्छ । यामाहाले पनि आर २ मा २०० सीसी इन्जिनमा ल्याउने अनुमान गर्न सकिन्छ ।
२०२७ मा यामाहाले आर २ बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।

