काठमाडौं । यामाहाले अपडेट सहितको तीन पाङ्ग्रे स्कुटर सार्वजनिक गरेको छ । जापानी कम्पनीले यूरोपियन मार्केटमा ‘ट्राइसीटी’ तीन पाङ्ग्रे स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले २०१४ देखि यूरोपियन मार्केटमा ट्राइसीटी १२५ स्कुटर विक्री गर्दै आएको छ । यामाहाले २०२२ ट्राइसीटी १२५ मा सिंगल सिलिन्डर लिक्विड कुल्ड एफआई इन्जिन दिएको छ । यसलाई कम्पनीले यूरो ५ स्ट्याण्डर्डमा निर्माण गरेको हो । यो स्कुटरमा समेत कम्पनीले भीभीए टेक्नोलोजीको प्रयोग गरेको छ । यो इन्जिनले ९ हर्ष पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीले यसको च्याचिस नै रिडिजाइन गरेर ल्याएको छ । नयाँ च्याचिसले स्कुटरकालाई स्टेवल बनाएको कम्पनीको दावी छ । यसको फ्रन्टमा रहेको दुबै चक्कामा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने, रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ । यसका कोम्वी ब्रेकिङ सिस्टम दिइएको छ ।
यामाहा ट्राइसीटी १२५ को २०२२ भर्सनमा कनेक्टीभीटी सहितको एलसीडी कन्सोल दिइएको छ । यो स्कुटरमा ७.५ लिटर क्षमताको फ्यूल ट्याङ्क उपलब्ध छ । यो स्कुटरले प्रतिलिटर ४५ किलोमटिर माइलेज दिने कम्पनीले जनाएको छ ।
ट्राइसीटीका अलावा कम्पनीले निकेन मोडलको तीन पाङ्ग्रे मोटरसाइकलसमेत विक्री गर्दै आएको छ । एशियाली बजारमा भने यामाहाको तीन पाङग्रे स्कुटर र मोटरसाइकल विक्री गरेको छैन ।


