काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्प्पनी यामाहाले इन्डोनेशियामा निर्माण गरेको डब्ल्यूआर १५५ प्रतिघन्टा १५१ किलोमिटर टप स्पीड रेकर्ड भएको छ । आर १५ भी ३ को इन्जिन प्रयोग गरेर निर्माण गरिएको डबल स्पोर्टस् मोटरसाइकल डाइनामोमिटर टेष्टमा उक्त स्पीड भेट्टाउन सफल भएको हो ।
यो मोटरसाइकललाई यामाहाले भारतमा नै उत्पादन गरिरहेको रिपोर्टसमेत बाहिर आएको छ । कम्पनीले केही समयअघि इन्डोनेसियामा बिक्री सुरु गरेको यो मोडल भारतमा नै बनाउन लागेको हो ।
यामाहाले ल्याउने डब्ल्यूआर १५५ ले हिरो एक्सपल्स २००, रोयल इन्फिल्ड हिमालयन जस्ता मोडलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
यो मोटरसाइलमा १५५ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा अधिकम १६.७ पीएस पावर र ६५०० आरपीएममा १४.३ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स उपलब्ध हुने छ ।

कम्पनीले यो मोटरसाइकलमा २४५ एमएम ग्राउन्ड क्लियरेन्स दिने छ । यामाहाले २०२१ मा ‘डब्ल्यूआर १५५ आर’ बजारमा उतार्ने अनुमान गरिएको छ ।
फुल डिजिटल इन्ट्रुमेन्टल कन्सोल रहने यो मोटरसाइकललाई एडभेञ्चर बनाउन अगाडि २१ इन्च र पछाडि १८ इन्चको आल्मुनियम ह्वील दिइएको छ ।
८ इन्चको फ्यूल ट्याङ, हाजार्ड लाइट, ड्यूल प्रपोज टायर, अगाडि लामो दुरीको यात्रा सुहाँउदो टेलिस्कोपिक फर्क र पछाडि ग्यास शक एब्जर्वर दिइएको छ ।


