डेलिभरी सुरु भयो ‘यामाहा XTZ–125’, यस्तो छ मूल्य र फिचर

काठमाडौं । यामाहाको नेपालको लागि आधिकारीक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले भारतमा भन्दा पहिला नेपाल ल्याएको अफरोड बाइक एक्सटीजेड–१२५ डलिभरी सुरु भएको छ । कम्पनीले नाडा अटो शो २०१८ मा शोकेस गरेको उक्त डट बाइकको अब भने बिक्री वितरण सुरु गरेको जनाएको छ । 

‘नाडा अटो शोमा नै हामीले एक्सटीजेड–१२५ लाई शोकेस गरेका थियौं । केही समय अगाडि बुकिङ खुल्ला गरिएको यो बाइकको अब भने डेलिभरी सुरु गरेका छौं ।’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो । 

कम्पनीले देशभर रहेका आफ्ना सबै डिलर नेटवर्कबाट उक्त बाइक बुकिङ गर्न सकिने यसअघि नै जानकारी दिएको थियो । कम्पनीले उक्त बाइकको मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

१२४ सीसी एयरकुल्ड फोर स्ट्रोक इन्जिनले १२.३३ एचपी पावर र ११.६ एनएम टर्क प्रदान गर्नेछ ।

स्टाइलिस र पर्फमेन्स बाइकमा निकै छिटो ग्रोथ गरिरहेको यामाहाको डट बाइक भने नेपाली बजारमा यो नै पहिलो हो । 


Back_to_top