ड्राइभिङमा अलगै थ्रिल दिलाउने जिकर एक्स चलाउँदा…

काठमाडौं । जिकर एक्स पावरको लागि परिचित मोडल हो । उसको क्षमतामा दौडाउन पुग्ने सडक त हामी कहाँ छैन । तर, हाम्रो सहजतामा चलाउन भने सकिन्छ ।

केही सिधा र चिल्ला सडक भेट्टाउने बित्तिकै गाडी दौडाउन चाहनेको लागि यसले अलगै ड्राइभिङ थ्रिल प्रदान गराउन सक्छ । हामीले टेष्ट ड्राइभमा पनि त्यही किसिमको थ्रिल महसुस गर्यौं ।

हामीले जिकर एक्सलाई काठमाडौंको चाबहिल–साँखु सडकखण्डमा यसको पावरको अनुभव गर्न पायौं । कारमा रहेको १९१ एमएम अग्लो ग्राउन्ड क्लियरेन्सको कारण बाटोमा आउने स-साना खाल्डाखुल्डीले पनि कुनै असर गर्ने छैन ।

हाम्रो टेष्ट ड्राइभ उकालो, ओरालो, कच्ची र समथर सबै किसिमका सडकमा भएको थियो । हरेक बाटोमा ईभीको इफिसियन्सी र रेन्ज दुवै फरक आउने भएको कारण हामीले मेलम्चीको सडक छनोट गरेका थियौं ।

काठमाडौंको थापाथली, चाबहिल, साँखु, नगरकोट, कुन्ताबेँसी हुँदै मेलम्चीसम्मको यात्रामा हामीले फरक बाटाहरू पायौं । यी सबै बाटाहरूमा जिकर एक्स पर्फमेन्स अब्बल थियो ।

जिकर एक्सको सबैभन्दा बलियो पक्ष नै पर्फमेन्स हो । पावर मनपराउनेलाई यसले रोमांचित बनाउँछ । यसमा रहेको २०० किलोवाटको रियर ह्वील ड्राइभ मोटरले प्लेन टेकअफको समयमा जस्तो फिल गराउँछ ।

यसको बाहिरी बनोट नै आक्रमक छ । पूर्णतः नयाँ डिजाइनको एलईडी डे टाइम रनिङ लाइट, युनिक हेडल्याम्प र बोनेटको बीचमा राखिएको जिकरको लागो निकै उत्कृष्ट देखिन्छ ।

कार दौडदा चितुवा दौडिरहेको फिल आउँछ । बडी प्यानलमा प्रयोग भएको कटिङ एज टेक्नोलोजी र पछाडि भागमा दिइएको स्पोर्टी बम्परले एक्सटेरियर निकै स्टाइलिस देखिन्छ । अझ पछाडिको ब्रेक लाइट र बीचमा दिइएको जिकरको लोगो निकै स्मार्ट छ ।

इन्टेरियरमा दिइएको मेमोरी सिट, वेलकम सिट, निकै प्रिमियम ड्यासबोर्ड, फोल्ड गर्न मिल्ने आमरेष्ट र आमरेष्टमा पकेट बनाएर दिइएको ५० वाटको वायरलेस चार्जर निकै स्मार्ट बनोट लाग्छ ।

 

जिकर एक्समा धेरै कुरा इन्फोटेन्टमेन्ट सिस्टममै समेटिएको कारण नयाँ चालकलाई सबै फिचर थाहा पाउन केही समय लाग्छ । तर, थाहा पाएसँगै त्यसलाई चलाउन निकै सजिलो हुन्छ । यसमा निकै स्मार्ट तरिकाले चालक डिटेक्सन र इन्स्ट्रुमेन्ट क्लष्टर दिइएको छ । हरेक पटक चालकले ड्राइभिङ बाहिर ध्यान दिएमा गाडीले वार्न गर्नेछ ।

सुरक्षामा अब्बल जिकर एक्समा दिइएको ३६० डिग्री क्यामेरा निकै एड्भान्स छ । तपाईंलाई चाहिएको दिशामा यसको प्रयोग गर्न सक्नु हुन्छ । गाडी मुनिको अवस्था पनि तपाईं यही क्यामेरा भित्र पाउनु हुनेछ । साथै, सेल्फ पार्किङको सुविधा पनि यही भित्र पाउन सकिन्छ ।


Back_to_top