काठमाडौं । नेपाली क्रिकेटका हस्ती पारस खड्का क्रिकेटप्रेमीले भुल्नै नसक्ने नाम हो । उनले नेपाली क्रिकेटमा दिएको योगदान हामी सबैले देखेकै छौं । उनै खड्का चिनियाँ अटोमोबाइल ब्राण्ड दीपलको लागि नेपालमा ब्राण्ड एम्बास्डर नियुक्त भएका छन् ।
यसअघि महिन्द्रासँग लामो सम्झौतामा रहेका पारस अब भने दीपल ब्राण्डसँग जोडिएका हुन् । एमएडब्लू वृद्धिले नेपाल ल्याएको दीपल ब्राण्डमा इलेक्ट्रीक एसयूभी र सेडान उपलब्ध छन् । उनी ब्राण्ड एम्बास्डरमा जोडिएपछि सहकार्यको बारेमा मेरोअटोको पहिलो प्रश्न थियो, कहिलेदेखि दीपल गाडी चलाउँदै हुनुहुन्छ ?
विगत दुई सातादेखि मैले दीपल एस-०७ एसयूभी चलाइरहेको छु । मलाई दीपल गाडीको लुक्स, फिचर र कम्र्फट खुब पनपर्यो । बढ्दो विद्युतीय गाडीको प्रयोगमा म पनि ईभी नै किन्छु भनेर हेर्दै थिए । दीपलले ध्यान खिच्यो । पछि कुरा गर्दै जाँदा ब्राण्ड नै इन्डोर्स गरेर जाउँ भन्ने कुरा भयो । त्यसैले आजबाट कम्पनी र म बीच साझेदारी सुरू भयो ।
पैसा तिर्नु पर्यो कि परेन ?
हेर्नुहोस् काम गरेपछि पैसा लिनु पर्यो नै । त्यसमा पनि हाम्रो लामो साझेदारीमा हस्ताक्षर भएको छ । अहिले म गाडी चढ्न थालेको छु ।
भनेपछि पैसा तिर्न परेन ?
मैले गाडी चढ्न थालिसके ।
एस-०७ को बुट स्पेश सक्रिय खेलाडी हुँदा धेरै काम लाग्थ्यो होला ? अहिले कसरी प्रयोग गर्नुभएको छ ?
क्रिकेटरको दुई सेट सामान अटाउँछ । अहिले पूर्व क्रिकेटरको रुपमा पनि धेरै सामान बोकेर हिँड्छु । ट्राभल पनि धेरै हुन्छ ।
तपाईं नेपालको निकै पावरफुल क्रिकेटर मानिनु हुन्छ । दीपल एस-०७ मा रहेका तीन ड्राइभिङ मोडले फरक पावर दिन्छ, कुन मोडमा धेरै चलाउनु हुन्छ ?
हाहाहा… मैले अधिकांश समय कम्फर्ट मोडमा चलाउँछु । कहिले काहिँ हाइवे जाँदा स्पोर्टस् मोड प्रयोग गर्छु । नत्र मेरो च्वाइस कम्फर्ट मोड नै हो । उपत्यकाको ट्राफिकको कारण चाहेर पनि अरु मोडमा चलाउन सकिँदैन ।